

२४ घण्टामा काेराेना सङ्क्रमणका कारण हुने मृत्यु शून्यमा झर्याे



काठमाण्डाै
लगातार दोस्रो दिन आज बिहीवार पनि कोरोना सङ्क्रमणका कारण हुने मृत्यु शून्यमा झरेको छ । पछिल्लो ४८ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान नगएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हिजाे बुधवार पनि काेराेनाबाट कसैकाे ज्यान गएकाे थिएन ।
यस्तै २४ घण्टामा एक सय १२ जनामा काेराेना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर, एन्टिजेन र आरडीटी विधिबाट नौ हजार तीन सय २८ जनाको नमुना परीक्षण गर्दा एक सय १२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यही अवधिमा चार सय २९ जना सङ्क्रमणमुक्त भएका छन् । याेसहित कोरोनाबाट निकाे हुनेकाे सङ्ख्या नौ लाख ६० हजार चार सय ९७ जना पुगेको छ ।
नेपालमा अब पाँच हजार तीन सय ४० जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै २४ घण्टामा एक लाख २९ हजार दुई सय ८५ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।


खबर सबै
-
सद्भावको पर्व छठ मनाउन कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण
-
बर्दियामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु,१५ जना घाइते
-
एनपीएलमा प्लेअफको समीकरण रोचक
-
भलवाडमा देउसी भैलोका क्रममा कुटाकुट, एकजना घाइते, एक युवक प्रहरीको नियन्त्रणमा
-
आइतबारदेखि फेरि पानी पर्न सक्ने, किसानलाई धानबाली जोगाउन सुझाव
-
धान दाइँमा आधुनिक थ्रेसरको प्रयोग बढ्दै
-
भलवाडमा देउसी भैलोका क्रममा कुटाकुट, एकजना घाइते, एक युवक प्रहरीको नियन्त्रणमा
-
आइतबारदेखि फेरि पानी पर्न सक्ने, किसानलाई धानबाली जोगाउन सुझाव
-
धान दाइँमा आधुनिक थ्रेसरको प्रयोग बढ्दै
-
डल्ले सराय नाच प्यूठानको मौलिक सांस्कृतिक पहिचान
-
कपिलवस्तु नगरपालिकामा शुक्रबार शोक बिदा
-
आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय







प्रतिक्रिया