

आगो निभाउन भरपर्दाे विकल्प बन्दै हेलिकाेप्टर



पहिले पहिले आगोलाग्दा दमकल वा मानिसले मात्र निभाउनुको विकल्प थिएन । जंगलमा आगो लाग्दा दमकल पुग्न बाटो हुँदैन । सहरमा पनि साँघुरा गल्लीका कारण कतिपय ठाउँमा दमकल पुग्न सक्दैनन् । तर, अहिले आगो निभाउन हेलिकोप्टरको प्रयोग हुन थालेको छ ।
आइतबार दमौलीको सहरी क्षेत्रमा आगो लाग्यो । पाँच वटा दमकल र सुरक्षाकर्मी स्थानीय परिचालित हुँदा पनि आगो निभेन । काठमाडौंबाट गएको सिम्रिक एयरको हेलिकोप्टरले आगो निभायो । यस्तै पछिल्लो समय सोलुखुम्बुको खुम्बु पासाङल्हमु गाउँपालिकाको लुक्कास्थित जंगलमा लागेको आगो हेलिकोप्टरको सहयोगमा निभाइएको थियो ।
लुक्लाको जंगलको आगो भीरमा प्रवेश गरेका कारण हेलिकोप्टरलाई आगो निभाउन केही समस्या परे पनि सिपालु क्याप्टेन सजिलै आगो निभाउन सफल भएका थिए । हेलिकोप्टरबाट आगो निभाउन त्यति सजिलो छैन । यसका लागि तालिम प्राप्त पाइलटको आवश्यकता पर्छ ।
अहिले नेपालमा आगो निभाउन आवश्यक तालिम प्राप्त जनशक्ति र उपकरणसहित सिम्रिक एयरका दुई वटा मात्र हेलिकोप्टर रहेको सो एयरका मार्केटिङ प्रमुख योगेश सापकोटाले बताउनुभयो । यो टोलीले ताप्लेजुङ्गको पाथिभारा, काठमाडौँको शिवपुरी वन, बालाजुको बिस्कुट फ्याक्ट्री, सोलुखुम्बु, दमौली, र लुक्लाका दुई स्थान गरेर सात ठाउँमा अग्नि नियन्त्रणको काम गरिसकेको छ ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया