

भोलोदिमिर जेलेन्स्की : स्ट्यान्ड अप कमेडियन थिए पहिले




विश्व । भोलोदिमिर जेलेन्स्की यतिबेला विश्वमै सबैभन्दा चर्चामा आउने नाम बनेको छ । जेलेन्स्की युक्रेनको राष्ट्रपति हुन । रुस र युक्रेनबिचको युद्धले उनलाई यतिबेला लोकप्रिय नेताको रुपमा विश्वमै उभ्याएको छ । तर जेलेन्स्कीले युक्रेनको राष्ट्रपतिमा निर्वाचित हुनु अघि टिभीमा राष्ट्रपतिको भूमिका निभाएका थिए । सायद त्यतिबेला उनलाई थाहा थिएन कि एक दिन उनी वास्तवमै युक्रेनको राष्ट्रपति बन्नेछन् । जेलेन्स्की त्यो समयमा अभिनेता र स्ट्यान्ड अप कमेडियन थिए । उनी युक्रेनको सबैभन्दा लोकप्रिय कलाकारमध्ये एक हुन्। उनले अन्य कलाकारसँग मिलेर सन् १९९७ मा कमेडी ग्रुप ‘क्वार्टल ९५’ बनाएका थिए ।
यो समूहले टेलिभिजन कार्यक्रमहरू उत्पादन गरेको थियो । उनले आफ्नो एउटा कार्यक्रममा विद्यालय शिक्षकको भूमिका निभाएका थिए । सो कार्यक्रममा शिक्षक एक दिन युक्रेनको राष्ट्रपति बन्नुपर्ने देखाइएको थियो । सन् २०१९ को चुनावमा आश्चर्यजनक जित निकाल्दै जेलेन्स्की युक्रेनको राष्ट्रपतिमा निर्वाचित भएका थिए । जेलेन्स्कीको जीवन र करियर अन्य अन्तर्राष्ट्रिय नेताहरूको तुलनामा सामान्य छ ।
उनले पदभार ग्रहण गरेपछि धेरै संकटको सामना गर्नुपरेको छ । तर, उनले साहसका साथ यी संकटहरूको सामना गरिरहेका छन् । विवाहित जेलेन्स्कीकी पत्नीको नाम ओलेना जेलेन्स्की हो । उनले २००० मा किभ राष्ट्रिय आर्थिक विश्वविद्यालयबाट कानुनमा डिग्री गरेका छन् । सन् २०१८ मा अचानक राजनीतिमा प्रवेश गरेका उनी ‘जनताको सेवक’ पार्टीबाट राष्ट्रपतिको लागि उम्मेदवारी घोषणा गरे ।
राष्ट्रपति बनेदेखि जेलेन्स्कीको अमेरिकासँगको सम्बन्ध निकै राम्रो रहेको छ । यद्यपि जेलेन्स्कीले राष्ट्रपति बनेपछि रूसी राष्ट्रपतिसँग सुरुमा कूटनीतिक सम्बन्ध राख्ने प्रयास गरे पनि सफल भएनन्। उनले युक्रेनमा भिक्टर मेदवेदचुकलगायत रूस समर्थक राजनीतिक समूहहरू विरुद्ध कडा कदम चालेका थिए ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया