

प्रिमियर लिगमा चेल्सीले बर्नलीलाई हरायो


इङ्ग्लिस प्रिमियर लिगमा चेल्सीले बर्नलीलाई हराएको छ । घरेलु मैदानमा बर्नली ४–० गोल अन्तरले पराजित भयो ।
चेल्सीका काइ हाभर्टजले दुई तथा रिस जेम्स र क्रिस्टियन पुलिसिसले एकरएक गोल गरे । सबै चार गोल दोस्रो हाफमा भएको थियो । जितसँगै चेल्सी अङ्क तालिकाको तेस्रो स्थानमा पुगेको छ। उसको ३६ खेलमा ५३ अङ्क छ । अर्को खेलमा एस्टन भिल्लाले साउथह्याम्पटनलाई ४–० गोलले नै हराएको छ ।
त्यस्तै लिभरपुलले वेस्टह्यामलाई १–० ले, ब्रेन्टफोर्डले नर्विच सिटीलाई ३–१ गोलले, क्रिस्टल प्यालेसले उल्भ्सलाई २–० तथा न्युकासलले ब्राइटनलाई २–१ गोलले हराएको छ ।


खबर सबै
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
सुपादेउरालीको भेटी सामाजिक कार्यमा
-
सर्वोच्चले दिएन अन्तरिम आदेश






प्रतिक्रिया