

२४ घण्टामा ९१ जनामा कोरोना पुष्टि, कसैको पनि ज्यान गएन


काठमाण्डाै
पछिल्लो २४ घण्टामा ९१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ६ हजार दुई सय २० जनाको नमूना परीक्षण गरेकोमा ९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरसको तेस्रो लहर शुरु भएपछि दैनिक विवरण अनुसार सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या पहिलो पटक एक सय भन्दा तल झरेको हो । यस्तै पछिल्लो २४ घण्टामा तीन सय ६२ जना निको भएका छन् । यो सहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ५८ हजार पाँच सय ५५ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । अहिले नेपालमा ६ हजार नौ सय ४७ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा दुई लाख आठ सय ६१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया