

रुसद्धारा युक्रेनका दुई ठूला सहरमा अस्थायी युद्धविरामको घोषणा



एजेन्सी । रुसले युक्रेनको दुई ठूला शहरमा अस्थायी युद्धविराम घोषणा गरेको छ ।
युक्रेनमा आक्रमण गरेको दशौं दिनमा मानवीय सहायताका लागि भन्दै रुसले शनिबार अस्थायी युद्धविराम घोषणा गरेको हो ।
रुसी समाचार संस्था तासका अनुसार मरिपोल र भोल्नोभाखाका स्थानीय बासिन्दालाई बाहिर निस्कनका लागि मानवीय करिडोर खुल्ला गरिने भएको छ ।
‘आज मार्च ५ का दिन मस्कोको समयअनुसार बिहान १० बजे युद्धविराम घोषणा गरिएको छ,’ रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ, ‘मरिपोल र भोल्नोभाखाका बासिन्दालाई बाहिर निस्कनका लागि मानवीय करिडोर खुला गरिएको छ ।’
दुवै देशका अधिकारीबीच भएको दोस्रो चरणको वार्तामा मानवीय सहायताका लागि करिडोर खुला गरिने सहमति भएको थियो ।
मरिपोल र भोल्नोखोभामा केही दिनदेखि दुवै पक्षबीच भीषण संघर्ष जारी रहेको थियो ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया