

गृह जिल्ला झापा आउँदै ओली, के-के छन् त कार्यक्रम?



झापा – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार झापा आउने भएका छन्।
ओली बिहान ८:३० बजे झापा आइपुग्ने कार्यक्रम रहेको एमाले झापाको प्रचार विभागले जनाएको छ।
बिहान ८:३० बजे भद्रपुर विमानस्थलबाट साेझै सालबारीस्थित सहिद स्मृति पार्कमा गएर बिहान ९:३० बजे सहिदकाे सालिकमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गर्ने कार्यक्रम रहेको छ।
बिहान ११ बजे दमकमा खाना खाने र ११:३० बजे कमल गाउँपालिका वडा नं ६ खयरबारीमा रतुवा-मावा तटबन्धको शिलान्यास ओलीले गर्नेछन्।
१२:३० बजे बिर्तामोडकाे सिपी पार्टी प्यालेसमा आयाेजना गरिएकाे प्रेस चाैतारी नेपाल प्रदेश १ काे प्रथम अधिवेशनलाई सम्बाेधन गर्ने र १:३० बजे बिर्तामोडकाे सिटी सेन्टरमा रहेकाे साई पार्टी प्यालेसमा आयाेजित नेपाल खेलकुद महासंघ प्रदेश १ काे प्रथम अधिवेशनमा सम्बाेधन गर्ने कार्यतालिका रहेको एमाले झापाले जनाएको छ।
त्यसपछि बिर्तामाेडकाे डाेमालाल राजवंशी रंगशालामा आयाेजित पाँचाैं झापा गाेल्डकपकाे उद्घाटन गरी खेल हेर्ने कार्यक्रम रहेकाे छ।
ओली शनिबार साँझ ६ बजेकाे हवाई उडानबाट काठमाडाैँ फर्कने कार्यक्रम छ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया