

ध्वनि प्रदूषणले बढायो कान नसुन्ने समस्या



काठमाण्डौँ
नेपालमा पछिल्लो समय ध्वनि प्रदूषणका कारण मानिसको श्रवण क्षमता गुम्दै गएको चिकित्सकले औंल्याएका छन्। विश्व श्रवण दिवसको अवसरमा चिकित्सकहरूले यो समस्या नेपालमा दिनप्रतिदिन बढ्दै गएको बताउँदै यसतर्फ सचेत हुनुपर्नेमा जोड दिएका छन्।
पहिला जन्मजात र संक्रमणका कारण कान नसुन्ने समस्या रहेकोमा पछिल्लो समय ध्वनि प्रदूषणले यो समस्या बढिरहेको कान रोग विशेषज्ञले बताएका छन्। ठूलो आवाजमा आधुनिक म्युजिक डिभाइस प्रयोग गर्ने र अन्य खालका ध्वनि प्रदूषणले कानको श्रवण क्षमता गुम्दै जाने स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखा नाक, कान, घाँटी तथा मुख स्वास्थ्य शाखाका प्रमुख डा। प्रकाश बुढाथोकीले बताए। उनका अनुसार हिजोआज लामो समयसम्म हेयरफोन लगाएर रेडियो तथा कम्प्युटरमा गीतसंगीत सुन्ने, मोबाइलमा बोल्ने, बिहे, व्रतबन्धमा लामो समय चर्को आवाजबीच काम गर्ने, हवाईजहाज, मोटरको ध्वनिजस्ता प्रदूषणले कान नसुन्ने समस्या बढिरहेको छ।
चिकित्सकका अनुसार ध्वनि प्रदूषणको जोखिममा कारखानामा काम गर्ने मजदुर, सडक तथा एयरपोर्टनजिक घर भएका व्यक्तिहरू, लामो समय समूहमा बसेर पूजा प्रार्थना गर्ने समुदाय, लामो समय अस्पतालमा भर्ना भई बसेका बिरामी हुन्छन्।
यसको साथै जन्मजात कानको समस्या भएका, कानको संक्रमण भई समयमै उपचार नभएका व्यक्तिहरू पनि कान नसुन्ने समस्याको जोखिममा हुन्छन्।
कुनै पनि कारणले कान नसुन्ने समस्या आउन थालेको भए पनि समयमै उपचार गरेमा र नियमित कानको जाँच गरेमा कान नसुन्ने समस्याबाट बच्न सकिने चिकित्सकको सुझाव छ। चिकित्सकका अनुसार शिशु गर्भमा रहँदा आमाले अनावश्यक औषधि प्रयोग गरेमा तथा अन्य कारणले शिशुमा जन्मजात कानको समस्या हुन्छ।
उनीहरूको एक महिनाभित्र परीक्षण गरेमा कारण पत्ता लगाई उपचार गर्न सकिने चिकित्सक बताउँछन्। यसका साथै मानिसको औसत आयुको कारण पनि कान नसुन्नेको संख्या बढिरहेको डा। बुढाथोकी बताउँछन्। यो समाचार नागरिक दैनिकमा छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया