

पार्टी नछोड्न नारायणकाजी श्रेष्ठलाई प्रचण्डको आग्रह



काठमाण्डाै
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका असन्तुष्ट नेता नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गर्नुभएको छ ।
बिहान आफ्नै निवास खुमलटार बोलाएर उहाँले आफ्नो असन्तुष्टि पार्टीको बैठकमा राख्न र पार्टी नछोड्न आग्रह गर्नुभएको हो । एमसीसी सम्झौता पास भइसकेपछि गएको सोमवार नेता श्रेष्ठले यस विरुद्ध सार्वजनिक रुपमा बोलेको भन्दै प्रचण्डले असन्तुष्टि जनाउनु भएको थियो ।
श्रेष्ठले पार्टी छाडेर जान सक्ने सङ्केत समेत गर्नुभएको थियो । तर, त्यसपछि फेरि प्रचण्डले आफू बहकिएको भन्दै पार्टी नछोड्न श्रेष्ठलाई आग्रह गर्नुभएको थियो । उहाँले भोलिदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा आफ्नो असन्तुष्टि राख्न श्रेष्ठलाई आग्रह गर्दै आउनु भएको छ ।


खबर सबै
-
गुल्मीको मुसिकोटमा पहिरोले घरमा क्षति, परिवार सुरक्षित स्थानमा सारियो
-
आइतबारसम्म भारी वर्षाको सम्भावना, अनावश्यक यात्रा नगर्न विभागको आग्रह
-
लुम्बिनी प्रदेशको कपिलवस्तु सहित पश्चिमका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
-
बाढीले डुबायो सुस्ता, ४०० सुस्तावासी होल्डिङ सेन्टरमा स्थानान्तरण
-
अझै २४ घण्टा भारी वर्षाको सम्भावना : मौसमविद्
-
स्वदेश फर्कंदै प्रधानमन्त्री बालेन
-
बाढीले डुबायो सुस्ता, ४०० सुस्तावासी होल्डिङ सेन्टरमा स्थानान्तरण
-
अझै २४ घण्टा भारी वर्षाको सम्भावना : मौसमविद्
-
स्वदेश फर्कंदै प्रधानमन्त्री बालेन
-
रुपन्देहीमा उत्पादित ‘साई कृपा गोल्ड चिया’ उपयोग गर्न अयोग्य, बजारबाट फिर्ता गर्न खाद्य विभागको निर्देशन
-
अविरल वर्षाले लुम्बिनी प्रदेशका नौ स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध, एक स्थानमा एकतर्फी यातायात सञ्चालन
-
टी-२० वरियतामा नेपालको दुई स्थान सुधार







प्रतिक्रिया