बाणगंगाका किसानको कोरिया जाने सपना माछो-माछो भ्यागुतो

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाका किसानको कोरिया जाने सपना अन्तत माछो माछो भ्यागुतो हुने पक्का जस्तै भएको छ।
जिल्लाको बाणगंगा नगरपालिकासहित नेपालका बिभिन्न पालिकाहरुबाट गत माघ महिनाको दोस्रो साता नेपालीहरुलाई दक्षिण कोरीया पठाउने लक्ष्य राखेको भएतापनि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको वेवास्थाका कारण कोरिया पठाउने कार्य हालका लागि बिचमै रोकीएको हो । बेमौसमी कामदारका रुपमा बाणगंगा नगरपालिकासहित नेपालका बिभिन्न पालिकाहरुबाट दक्षिण कोरीया जाने सम्भावना संघीय सरकारको ढिलासुस्तीका कारण कम हुदैं गएको बताइएको छ ।
दक्षिण कोरीयाले तत्काल कामदार पठाउन बारम्बार आग्रह गरेको भएतापनि संघीय सरकारको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका मन्त्री कृष्ण कुमार श्रेष्ठले चासो नदेखाउदा नेपालीहरु बैमौसमी कामदारका रुपमा दक्षिण कोरीया जाने सम्भावना दिन प्रतिदिन कम हुदै गएको हो ।

अन्य मन्त्रालयबाट हुनु पर्ने सबै काम भई सकेको भएता पनि मन्त्री श्रेष्ठले काममा ढिलासुस्ती गरेका कारण सम्भावना कम भएको बाणगंगा नगरपालिका वडा नं।११ का वडा अध्यक्ष सोमनाथ अर्यालले बताए । बाणगंगाका ५७० जना नागरिकहरु माघ महिनाको दोस्रो साता दक्षिण कोरीया पठाउने लक्ष्य थियो । यद्यपी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका कारण उनीहरुलाई कोरिया पठाउने कार्य बिचमै रोकीएको छ । बाणगंगाको बैदेशिक समन्वय समितिका सदस्य समेत रहेका अर्यालकै नेतृत्वमा दक्षिण कोरीयामा बाणगंगाबाट ५७० कामदार लैजाने योजना त्यहाँँको पालिकाले स्वीकृत समेत गरिसकेको थियो ।

यद्यपि कामदार पठाउन ढिला गरे सम्झौता रद्ध गरिने  चेतावनी समेत आएको र नेपाल सरकारसगं काम गर्न गाह्रो भएकोमा दक्षिण कोरीयाका प्रतिनिधिले गुनासो समेत गरेका छन् ।

प्रतिक्रिया

खबर सबै