

एमसीसी अनुमोदनपछि दलहरु जस लिने होडमा



मौनता, विरोध र समर्थनबीच अमेरिकी सहयोग परियोजना (एमसीसी) संसद्बाट अनुमोदन भएपछि सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दलबीच जस लिने होडबाजी चलेको छ । दलहरूले वैदेशिक सहायताको रूपमा एमसीसी स्वीकारिएको प्रष्टीकरण दिँदै संसद्बाट पास गर्नुलाई ‘विकासप्रेमी’ कदमको रूपमा अथ्र्याएका छन् ।
एकपछि अर्को दलका नेताहरू पत्रकार सम्मेलन गरेरै खुसी साट्ने र जस लिने होडमा छन् । संसद्मा एमसीसी टेबुल भएर अनुमोदन हुँदासम्म मौन रहेका प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार पत्रकार सम्मेलन गर्दै एमसीसी अनुमोदन हुनुलाई सकारात्मक भएको प्रतिक्रिया दिए । अनुमोदन भएकोमा उनी खुसी देखिए ।
अझ अगाडि बढेर ओलीले भनेका छन्, ‘सम्झौता गरिएका परियोजनाहरूलाई जुन सरकारको नेतृत्वमा सुरु भएको भए पनि उत्तराधिकारी सरकारले निरन्तरता दिनुपर्ने सामान्य विधिप्रति हामी स्पष्ट छौँ ।’
एमसीसी विवाद प्रधानमन्त्री पदबाट आफूलाई च्युत गर्ने लक्ष्यसहित विकृत रूपमा सुरु गरिएको योजनाबद्ध दुष्प्रचार भएको टिप्पणी ओलीको छ । तर, पास गर्ने प्रक्रियासँग सम्बन्धित प्रतिनिधिसभाको दुवै बैठकमा एमालेलाई प्रक्रियामा सहभागी हुनबाट बञ्चित गरेको आरोप लगाए ।
अनुमोदन हुनुअघि भने एमालेको धारणा सत्तापक्ष प्रष्ट हुनुपर्ने भन्ने थियो । सत्तापक्ष प्रष्ट हुँदा पनि एमाले भने अस्पष्टै रह्यो, जसलाई कतिपयले एमालेको ‘अस्वाभाविक मौनता’को रूपमा विश्लेषण गरे । यो समाचार आजको दल नेपालटपदैनिकमा छ ।


खबर सबै
-
गुल्मीको मुसिकोटमा पहिरोले घरमा क्षति, परिवार सुरक्षित स्थानमा सारियो
-
आइतबारसम्म भारी वर्षाको सम्भावना, अनावश्यक यात्रा नगर्न विभागको आग्रह
-
लुम्बिनी प्रदेशको कपिलवस्तु सहित पश्चिमका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
-
बाढीले डुबायो सुस्ता, ४०० सुस्तावासी होल्डिङ सेन्टरमा स्थानान्तरण
-
अझै २४ घण्टा भारी वर्षाको सम्भावना : मौसमविद्
-
स्वदेश फर्कंदै प्रधानमन्त्री बालेन
-
बाढीले डुबायो सुस्ता, ४०० सुस्तावासी होल्डिङ सेन्टरमा स्थानान्तरण
-
अझै २४ घण्टा भारी वर्षाको सम्भावना : मौसमविद्
-
स्वदेश फर्कंदै प्रधानमन्त्री बालेन
-
रुपन्देहीमा उत्पादित ‘साई कृपा गोल्ड चिया’ उपयोग गर्न अयोग्य, बजारबाट फिर्ता गर्न खाद्य विभागको निर्देशन
-
अविरल वर्षाले लुम्बिनी प्रदेशका नौ स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध, एक स्थानमा एकतर्फी यातायात सञ्चालन
-
टी-२० वरियतामा नेपालको दुई स्थान सुधार







प्रतिक्रिया