

के गर्दैछन् युक्रेनमा रहेका नेपाली ?



युद्धमा होमिएको युक्रेनबाट नेपाली फर्कने क्रम जारी छ तर त्यहीं स्थायी रूपमै वर्षोंदेखि बसिरहेका नेपालीहरू भने त्रसित अवस्थामा ज्यान जोगाउने मेलो गर्दै छन्।
राजधानी किभको सडकमै उत्रिएर रूसी सेनाहरूले अन्धाधुन्ध आक्रमण गरेपछि ज्यान जोगाउन किम छाडेर पश्चिम-दक्षिण शहर भसिल्कोभ पुगेका रघुनाथ साह आइतबार राति सम्पर्कमा आएका थिए । उनले भसिल्कोभस्थित छोरीको साथीको घरभित्र ‘अन्डरग्राउन्ड’ मा सपरिवार लुकेर बसेको बताए। उनका अनुसार उक्त शहरको प्रायः सबै घरमा तरकारी भण्डारणका लागि अन्डरग्राउन्ड बनाइएको हुन्छ।
अहिले रूसी सैनिकको बख्तरबन्द गाडीको साइरन सुन्नेबित्तिकै उक्त शहरका सबै घरमुनिको त्यही अन्डरग्राउन्डमा लुक्ने गरेको उनले बताए। उनले आफू लुकिरहेको घरमा साथीको छोरीको परिवारका तीन जना र उनको पत्नी र दुई छोरी गरी सात जना रहेको जानकारी दिए । आइतबारको रात कटाउन सके सोमबार पोल्यान्डतपर्क लाग्ने योजनामा रहेका साहले भन्नुभयो’आज राति ज्यान जोगिए हामी भोलि पोल्यान्ड जानेछौं।’ उनका अन्य नातेदार पनि शनिबार नै किभ झाडेर सुरक्षित स्थानतर्फ लागेको उनले बताए।
आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया