गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परिक्षण उडान सम्पन्न

रुपन्देही । भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेशन फ्लाइट (परीक्षण उडान) सम्पन्न भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार निर्धारित समयअनुसार आज आइतवार क्यालिब्रेशन फ्लाइट सम्पन्न भएको हो । गएको फागुन ५ गते नेपाल आएको एरो थाईको जहाजले आजसम्म तोकिएको उडानहरू पूरा गरेको प्राधिकरणले जनाएको छ ।

आज सकिएको क्यालिब्रेशन फ्लाइटपछि अब एरो थाईले प्रतिवेदन नेपाल नागरिक उड्डयन प्राधिकरणमा बुझाउने छ । यसरी प्रतिवेदन आएपछि यसलाई प्राधिकरणको एरोनटिकल इन्फरमेसन म्यानेजमेन्ट ९एएमआई० विभागले प्रकाशित गर्छ । जसका आधारमा विमानस्थल उडानयोग्य भएरनभएको निश्चित हुन्छ ।

पूर्वनिर्धारित तालिकाअनुसार जहाज भोलि सोमवार थाइल्यान्ड फर्कनुपर्ने थियो । तर उपकरण जडित जहाज नेपाल आएको मौकामा झन्डै आधा दर्जन आन्तरिक विमानस्थलहरूमा पनि परीक्षण उडान गर्ने योजना बनाइएको छ । त्यसै कारण जहाज आउने मार्च ४ तारिखसम्म नेपालमा नै रहनेछ । यो जहाजबाट पोखरा, विराटनगर, नेपालगञ्ज, सिमरा र काठमाण्डौमा क्यालिब्रेशन उडानको तयारी छ ।

प्रतिक्रिया

खबर सबै