

बलात्कारपछि १२ वर्षीया बालिकाको हत्या, ६३ वर्षीय वृद्ध पक्राउ



मोरङको लेटाङमा शव फेला परेकी बालिकाको बलात्कारपछि हत्या भएको खुलेको छ । प्रहरीले हत्यामा संलग्न एकलाई पक्राउ गरेको छ । मोरङको लेटाङ नगरपालिका–८ ज्यामिरेकी १२ वर्षीया करुणा राईको बलात्कारपछि हत्या भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए । ‘बालिकाको बलात्कारपछि हत्या भएको पाइएको छ’, एसपी जिसीले भने– ‘हत्यामा संलग्न रहेको आरोपमा ६३ वर्षीय दीपक गिरीलाई पक्राउ गरिएको छ ।’ स्कुलबाट घर फर्किने क्रममा बुधबारदेखि हराएकी करुणाको शुक्रबार बिहान लेटाङ–८ लालहीरा सामुदायिक वनमा नाङ्गो अवस्थामा शव भेटिएको थियो । जाँते माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत बालिका हरेक दिन विद्यालय आउ–जाउ गर्थिन् । उनीसँगै धेरै साथीहरू यही बाटो विद्यालय आउ–जाउ गर्ने गर्थे । बुधबार पनि उनी सोही बाटो भएर विद्यालय गएकी थिइन् ।
बिहान साथीहरूसँग विद्यालय गएकी उनी साँझ फर्किने बेलामा ढिलो भयो । दिउँसो ४ बजेतिर एक्लै विद्यालयबाट घर जाँदै थिइन् । जब जंगलको बिचमा उनी पुगेकी थिइन् । उनको पछि लाग्दै आएका गिरीले बालिकालाई जबरजस्ती करणी गरेको प्रहरीको दाबी छ । ‘जंगलमा बालिकाको पछि लाग्दै गएका ६३ वर्षीय गिरीले बालिकाको बलात्कारपछि बालिकाले बुबालाई भनिदिन्छु भनेर रुँदै भागेपछि नियन्त्रणमा लिएर हत्या गरेको पाइएको छ’, एसपी जिसीले भनिन्– त्यसमा संलग्न व्यक्तिले बालिकाको हत्यापछि शवलाई खोल्सी हालेर माथिबाट ढुंगाले थिचेको स्वीकार गरेको छ ।’ मंगलबारे स्कुलबाट बालिकाको घरमा पुग्न डेढदेखि दुई घण्टासम्म लाग्छ । हत्यामा संलग्न रहेका गिरीको घरदेखि गाउँसम्म पुग्न सबै जंगल मात्र पर्ने भएकाले त्यसको मौका छोपी बालिकाको बलात्कारपछि हत्या भएको प्रहरीको दाबी छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया