

दुई दर्जन अविष्कार अन्तिम चरणमा



प्रविधि विकास वा आविष्कारका लागि तीन वर्षको समय पर्याप्त होइन, न त लामो नै । त्यस अवधिमा भएको १० करोड रुपैयाँ खर्च पनि धेरै होइन । जनस्तरबाट जम्मा भएको रकम आधार मान्ने हो भने त यो रकम निकै हो पनि । समय, खर्चको स्रोत र रकमका आधारमा नतिजा हेर्दा अझ सन्तोषजनक आधार देखिन्छ । राष्ट्रिय आविष्कार केन्द्रले विकास वा आविष्कार गरेका दुई दर्जन औजार तथा उपकरण परीक्षण अन्तिम चरणमा छन् ।
केही परीक्षणमा सफल भएर प्रयोगमा आइसकेका छन् । केन्द्रका अध्यक्ष डा.महावीर पुनका अनुसार केन्द्र स्थापना भएको तीन वर्ष भएको छ । अहिलेसम्म १५ करोड सङ्कलन र १० करोड रुपियाँ खर्च भएको छ । स्वदेश तथा विदेशमा बसेका नेपाली तथा विदेशीको सहयोगबाट केन्द्र चलेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया