

युक्रेनमा रहेका नेपालीले सीमा नाकाबाट अर्को मुलुक प्रवेश गर्न सकिने



दोहा, १४ फागुन । युक्रेनमा रहेका १९३ जना नेपाली जर्मनीस्थित नेपाली दूतावासको सम्पर्कमा आएका छन् । जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले शुक्रबार साँझसम्ममा १९३ नेपाली दूतावासको सम्पर्कमा आएको जानकारी दिएका छन्।
सम्पर्कमा आएका सबै नेपालीहरू हालसम्म सकुशल रहेको राजदूत खड्काले बताए । दूतावासले एक विज्ञप्ति जारी गर्दै युक्रेनमा उत्पन्न पछिल्लो संकट पछि त्यस मुलुकको विभिन्न सहरमा रहेका नेपाली नागरिकहरूको स्थिति हासिल गर्ने कार्य निरन्तर भइरहेको जनाएको छ । बिहिबार र शुक्रबार युक्रेनसँग सिमाना जोडिएका छिमेकी मुलुलहरु गणतन्त्र स्लोभाकिया, पोल्याण्ड र हंगेरीले युक्रेनबाट निस्कन चाहने विदेशी नागरिकहरूलाई आफ्नो मुलुकहरूमा प्रवेशका लागि नाका खुल्ला गरेको दूतावासले जनाएको छ ।
नाका खुल्ला भएकाले समस्यामा परेका नेपालीहरू आफूलाई पायक पर्ने तथा सहज हुने नजिकका मुलुकहरूमा गएर सुरक्षित रहन सक्ने समेत दूतावासले जनाएको छ । यी मुलुकहरू प्रवेश गरी त्यहाँबाट सहज रूपमा नेपाल फर्कन सकिने छ । सीमा नाका प्रवेश गर्ने क्रममा आफ्नो परिचय खुल्ने कागजात राहदानी वा यात्रा अनुमति पत्र आवश्यक पर्ने भएमा आफ्नो राहदानीको फोटोकपी एक प्रति र डिजिटल फोटो एक प्रति दूतावासले उपलब्ध गराएको ठेगानामा पठाउन अनुरोध गरिएको छ ।
तीन जना नेपाली युक्रेनबाट पोल्याण्ड प्रवेश गरी सुरक्षित रहेका छन् । साथै सीमा नाकाबाट प्रवेश गरिसकेपछि कुनै समस्या भएमा गैर आवासीय नेपाली संघ (एनआरएनए) वा नेपाली समुदायका नेतृत्वकर्ता वा अगुवाहरूलाई सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ ।
स्लोभाकिया : जय प्रसाद शिवाकोटी – ००४२१९४०७८५९४४
हंगेरी : सुरेन्द्र श्रेष्ठ स् ००३६७०५३०८७९३
पोल्याण्ड : डा.बोधराज सुबेदी – ००४८६०६८५२८३७
जीवनकुमार क्षेत्री – ००४८७२९२१२६७३


खबर सबै
-
रसुवा बाढीका मृतकहरूको सम्झनामा कृष्णानगरमा दीप प्रज्वलन
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाली कांग्रेसको एक करोड रुपैयाँ सहयोग प्रदान
-
एनपीएलको टिकेटिङ पार्टनरमा इसेवा
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’






प्रतिक्रिया