
ओली देखाउने, दाहाल र नेपाललाई गलाउने

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले एमसीसी सम्झौता प्रतिनिधि सभाबाट पारित गराउन विभिन्न रणनीति अख्तियार गरिरहेको पाइएको छ । विशेषतः प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँगको सामीप्यता देखाएर सत्तारूढ गठबन्धनका प्रमुख दलहरू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालाई गलाउन खोजेको देखिएको छ ।
प्रधानमन्त्री देउवाको दल एमसीसीको पक्षमा एकजुट छ । तर, सत्तारूढ गठबन्धनका अन्य दलहरू एमसीसी सम्झौताको विपक्षीमा देखिएपछि प्रधानमन्त्री देउवाले सो दल र तिनका नेताहरूलाई एमसीसीको पक्षमा पार्न प्रमुख प्रतिपक्षी दल एमाले र त्यसका अध्यक्ष ओलीसँग निकटता देखाउन थालेका हुन् । प्रधानमन्त्री देउवाले ओलीसँग सामीप्यता देखाएको जस्तो गरे पनि उनको भित्री चाहना भने सत्तारूढ गठबन्धनमार्फत नै एमसीसीमा सहमति खोजेर निकास निकाल्न सकियोस् भन्नेमा नै रहेको उनीनिकट स्रोतले जानकारी दिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सोही रणनीतिअनुसार नै तीन दिनदेखि ओलीसँग निरन्तर छलफल गर्दै आइरहेका छन् । ओलीसँग सामीप्यता देखाएर प्रचण्ड र नेपाललाई तर्साउने र गलाउने रणनीति उनले अख्तियार गरिरहेको बताइएको छ । गत दुई दिनको बीचमा देउवाले ओलीसँग तीनपटक वान टु वान वार्ता गरिसकेका छन् भने आपूmनिकट नेताहरूसहित एमालेका अध्यक्ष ओलीसहित अन्य नेतासँग पनि तीनपटकसम्म छलफल गरिसकेका छन् ।
आजको राजधानी दैनिकमा समाचार छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया