

प्रहरीले नै रगत दिएर बचाए आन्दाेलनकारीको ज्यान



अमेरिकी अनुदान सहायता (एमसीसी)को विरोधमा प्रहरीमाथि ढुङ्गा हान्ने क्रममा घाइते भएका प्रदर्शनकारीलाई प्रहरीले नै रगत दिएर जीवन बचाएका छन् । काठमाडौँको बुद्धनगरमा बिहीबार भएको एमसीसीविरुद्धको प्रदर्शनमा सहभागी भएका डडेल्धुरा नवदुर्गा गाउँपालिका–५ का २९ वर्षीय हेमराज अवस्थी गम्भीर घाइते भएका थिए ।
प्रदर्शनकारीले प्रहरीलाई हानेको ईंटा अचानक अवस्थीलाई पछाडिबाट लागेर गम्भिर घाइते भएपछि उनलाई प्रहरीले उद्धार गरी नयाँबानेश्वरको एभरेस्ट अस्पताल पुर्याएको थियो । ईंटा लागेर उनको टाउकोको हड्डी फुटेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेशराज मैनालीले प्रदर्शनकारी घाइते भएको सूचना पाउनासाथ नजिकैको प्रहरी टोलीलाई उद्धार गर्न निर्देशन दिइएको बताए । उनले भने, “घाइतेको टाउको पछाडि चोट लागेकाले प्रदर्शनकारीले नै हानेको हुनुपर्छ । यद्यपि यसबारे हामी अनुसन्धान गरिरहेका छौँ ।”
बुद्धनगरमा घाइते भएका अवस्थीलाई प्रहरीले उद्धार गरी अस्पताल पुर्याएको थियो । टाउकोमा गहिरो चोट लागेर बेहोस हुनुभएका उनलाई थप उपचारका लागि एभरेस्ट अस्पतालबाट राष्ट्रिय ट्रमा सेन्टर वीर अस्पताल पुर्याइएको थियो । ट्रमा सेन्टरमा समेत उपचार हुन नसकेपछि माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पताल लगिएको थियो । न्युरो अस्पतालले तत्काल शल्यक्रिया गर्न रगत आवश्यक पर्ने जानकारी दिएको थियो । घाइतेको रगत समूह ओ नेगेटिभ रहेको र उक्त समूहको रगत अभाव देखिएपछि प्रहरीले उपत्यकाभरका प्रहरी कार्यालयमा सन्देश पठायो । प्रहरी गण नम्बर–१ नक्साल काठमाडौँमा कार्यरत २३ वर्षीय प्रहरी जवान सामिनाथ यादवले अस्पताल पुगेर रक्तदान गरे र शल्यक्रिया सफल भयो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया