बाणगंगा ७ को लक्षित कार्यक्रम : “एक किसान, एक करेसाबारी, एक हजारी”

कपिलवस्तु
लगातार ४ बर्ष सम्म विकास निर्माणको कार्यमा नगरपालिकामै अगाडी देखिदै आएको कपिलवस्तुको बाणगंगा नगरपालिका स्थित ७ नम्बर वडाले चालु आर्थिक वर्षको लक्षित वर्गको कार्यक्रम अन्र्तगत एक फरक र नविन सोँच सहितको कार्यक्रम अगाडी सारेको छ ।
बिहिबार वडा कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा कृर्षकहरु उपस्थिति थिए । जहाँ सभाहलको अगाडी लहरै राखिएका कृषि औजार हरिया देखिन्थे । भित्तामा व्यानर टाँगिएको थियो । जसमा लेखिएको थियो, “१ किसान, १ करेसाबारी, १ हजारी कार्यक्रम ।”
आयोजित कार्यक्रम मार्फत वडा नम्बर ७ ले वडाका झण्डै ९ सय बढी किसानहरुलाई एक एक थान हजारी र सात प्रकारका विभिन्न तरकारीजन्य बिउ विजन वितरण गरेको हो ।
भौतिक विकासले मात्र वडा तथा नगर समेत समृद्ध नहुने भन्दै निर्वाचित भएको पहिलो बर्ष देखिनै लक्ष्ति बर्गका कार्यहरुलाई विशेष प्राथमिकता दिदै आएको वडा नं ७ ले जनाएको छ । चालु आर्थिक बर्ष २०७८र७९ अन्तर्गत ४ लाख ६० हजार बजेट मध्येबाट वडाका ९ सय बढी कृषकहरुलाई एकएक थान पानी सिँचाई औजार हजारी र सात प्रकारका तरकारी विउका पोका वितरण गरेको वडाध्यक्ष बिष्णु गिरीले जानकारी दिनुभयो ।

वडावासी कृषकहरुलाई हजारी तथा विउ वितरण गर्दै वडाध्यक्ष गिरीले देशको आर्थिक समृद्धिको मेरुदण्ड नै कृषि रहेको बताउनुभयो । उहाँले वडा कृषिमा नै आत्मनिर्भर बनाउन हजारी र विउविजनहरु वितरण गरिएको उल्लेख गदै भौतिक विकास सँगै सम्रग पक्षको विकास गर्न सके वडा संगै नगर समृद्ध हुन सक्ने बताउनुभयो ।

वडा अध्यक्ष गिरिले स्वस्थ जिवन बनाउनका लागि आफैले उत्पादन गरेको अर्गानिक तरकारी खान किसानलाई आग्रह गदै सक्रिय रुपमा लागेका कृषकहरुलाई नगरपालिका तथा वडाको तर्फबाट विभिन्न किसिमका सहयोगहरु गरिने उहाँले बताउनु भयो भयो ।

व्यबसायी नारण बेल्वासे, नेकपा एमाले वडा कमिटि अध्यक्ष प्रताव गिरिले कार्यक्रममा बोल्दै बजारमा तरकारीको मुल्य निकै बढेको बेलामा आफैले तरकारी उत्पादन गर्दा खर्चमा कटौती हुने र तरकारी खेती गर्दा आम्दानीको स्रोत पनि हुने बताउनु भयो । यसले धेरै किसान लाभान्वित हुने बताउनु भयो ।

हजारी र विभिन्न ७ थरी तरकारीका विउ पाएसंगै वडाका कृषकहरुले खुसी व्यक्त गर्दै वडाध्यक्षलाई धन्यवाद दिएका छन् ।
वडा अध्यक्ष विष्णु गिरिको अध्यक्षता, वडा सदस्य सावित्रा थारुको स्वागत मनतव्यमा भएको कार्यक्रमको सञ्चालन वडा सचिव कृष्ण खनालले गर्नु भएको थियो । कार्यक्रमा वडा सदस्य मुम बहादुर पाण्डे, कमला विक स्थानिय बुद्धिजीवी, कृषक र टोल विकास समितिहरुको सभागिता रहेको थियो ।

प्रतिक्रिया

खबर सबै