वाणगंगा ९ मा बौलाहा कुकुरको टोकाईबाट एकै दिनमा १४ जना घाइते

ईसाझाकुरा संवाददाता

कपिलवस्तु जिल्लाको वााणगंगा नगरपालिका स्थित वडा नम्बर ९ भर्तापुर– भर्लावासमा बौलाहा कुकुरको टोकाईबाट एकै दिन १४ जनामा घाइते भएका छन् । बुधबार साझँ उक्त घटना घटेको हो ।

यसरी टोकाईबाट घाईतेहरुमा बालबालिका देखि वृद्ध सम्म रहेका छन् । अहिले घाइतेलाई उपचारका लागि अस्पताल पठाउने तयारी भएको छ ।

अहिले कुकुर नियन्त्रणमा लिन स्थानिय खटिएका छन् । पछिल्लो समय भलवाडमा यस्ता कुकुरहरुको संख्या बढी रहेको पाइएको छ । यस्तै कुकुरको टोकाईबाट पशुचौपायहरु पनि घाइते भएका छन् ।

कुकुरको टोकाईबाट घाइते हुनेहरुमा शिक्षक, व्यपारी समेत परेका छन् । बाटोमा हिड्ने क्रममा कुकुरले आफुहरुमा आक्रमण गरेको घाइतेहरुको भनाई रहेको छ ।

अहिले टोक्ने कुकुरको खोजि कार्यका लागि स्थानिय लागेका छन् । भलवाडमा यस अघि पनि बौलाहा कुकुरको टोकाईबाट एकै दिन २० भन्दा बढी घाइते भए पछि कुकुर मार्ने अभियान समेत थालिएको थियो ।

प्रतिक्रिया

खबर सबै