

नगरका किसान लाई प्रोत्साहन गर्न सधै तत्पर रहन्छु :- नगर प्रमुख शाह



कपिलवस्तु
बगरखेती विस्तार कार्यक्रम अन्तर्गत ०७८/७९ को बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत कृष्णनगर नगरपालिका वडा नं १ डिहवाका बगरखेती मा संलग्न किसानलाई प्रोत्साहन गरिएको छ l
बगरखेती विस्तार कार्यक्रममा संलग्न डिहवाका कृषक लाई लहरेबाली सम्बंधित बिउ, विभिन्न प्रकारका बिषाधी,कम्पोस्ट मल तथा आटोमेटिक स्प्रे ट्यांङकी वितरण गरिएको कृष्णनगर नगरपालिका कृषि शाखाका अधिकृत सुदिप कुमार मौर्य ले जानकारी दिनुभयो l
कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह, कृष्णनगर नगरपालिका प्रमुख प्रसाशकीय अधिकृत चन्द राम चौधरी, वडा अध्यक्ष तुङ नाथ चौधरी लगायत अन्यको उपस्थितमा सामग्री वितरण गरिएको थियोl
कृष्णनगर नगरपालिकाले कृषि पेशामा रहेका कृषक लाई विभिन्न समयमा बलफूल विरुवा वितरण, पानी तान्ने पम्पसेट वितरण, गहुँको बिउ, धानको बिउ, अनन्त तरकारी को बिउ, आटोमेटिक स्प्रे टंकी, तरकारी खेतीमा अनुदान, बाली संरक्षण सेवा बर्षभरी लगायतको कार्यक्रम हरू गरेर नगर भित्रका कृषक लाई प्रोत्साहित गरिएको बताउदै कोभिड १९ को संक्रमणको समयमा लकडाउनको अवस्थामा समेत कृष्णनगरका कृषक लाई बिउ विजन ल्याउन सहज गराएइएको साथै आफू नगरका किसान लाई प्रोत्साहन गर्न सधै तत्पर रहने बताउनुभयो l


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया