

ए डिभिजन लिगः शीर्ष दुईका लागि रोमाञ्चक प्रतिस्पर्धा

काठमाडौं
सहिद स्मारक ए डिभिजन लिगमा बिहीबारबाट १३ औं तथा अन्तिम चरणका खेल हुँदै छन् । आगामी चरणका खेलपछि सहिद स्मारक ए डिभिजन लिग समापन हुनेछ । जसमा मच्छिन्द्र फुटबल क्लबले उपाधि रक्षा गरिसकेको छ भने शीर्ष चारभित्र अटाएका टोलीत्रय त्रिभुवन आर्मी फुटबल, न्युरोड टिम (एनआरटी) र मनाङ मस्र्याङी फुटबल क्लबबीच शीर्ष दुईका लागि रोमाञ्चक होड बन्दैछ ।
बिहीबार सहिद स्मारक ए डिभजन लिगमा रेलिगेशनमा परिसकेको च्यासल युथ क्लबले दिनको १ बजे एन्फा कम्पलेक्समा सातदोबाटो युथ क्लबको सामना गर्दा सोही समयमा दशरथ रंगशालामा हिमालयन शेर्पाले फ्रेन्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । दुबै टोलीका प्रशिक्षकले सुखद अन्त्यका लागि खेल्ने बताएका छन । सातदोबाटो युथ क्लबले च्यासलको सामना गर्दा शीर्ष चारमा अटाउने लक्ष्य लिएर मैदान उत्रिनेछ । १२ खेलबाट १८ अंक जोडेको सातदोबाटो अहिले १८ अंकका साथ पाँचौ स्थानमा छ । जित निकाले सातदोबाटोलाई शीर्ष चारमा अटाउने सम्भावना रहन्छ भने च्यासलले अन्तिम खेलमा जित निकाल्दै लिगको सुखद अन्त्य गर्ने लक्ष्य हुनेछ । बिहीबार नै हुने अर्को खेलमा हिमालयन शेर्पा पनि फ्रेन्ड्सविरुद्ध तीन अंक जोड्ने लक्ष्य लिएर मैदान उत्रिनेछ । उता रेलिगेशन संघर्षपूर्ण तरिकाले बचेको फ्रेन्ड्सपनि अन्तिम खेलमा जित निकाल्दै सुखद अन्त्य गर्ने लक्ष्यमा हुनेछ ।
यस्तै च्याम्पियन टोलीका प्रशिक्षक प्रवेश कटुवालले अपराजित रहँदै उपाधि उचाल्ने रणनीतिका लागि लिगको अन्तिम खेल खेल्ने बताए । च्याम्पियन मच्छिन्द्रले १२ आंै चरणको समाप्ति सम्म १० खेलमा जित निकाल्दा दुई खेलमा अंक बाँडेको छ । यस्तै अर्को अपराजित टोली आर्मीले ५ खेलमा सुखद नतिजा निकाल्दा ७ खेलमा अंक बाँडेको छ ।
१३ औं चरणको खेल अन्तर्गत दोस्रो स्थानका लागि संघर्ष गरिरहेका टोली त्रिभुवन आर्मी फुटबल क्लब र मनाङ मर्स्याङ्दी फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । यी दुई टोली मध्ये कुनै पनि टोलीले जित निकाले उपविजेताको टोलीको टुङ्गो लाग्नेछ भने बराबरीको अवस्थामा समीकरण अर्कै टोलीको पोल्टामा समेत पर्नेछ । त्यसका लागि तेस्रो स्थानमा रहेको एनआरटीले नेपाल पुलिसलाई पराजित गर्नु पर्नेछ । यस्तै अन्य टोलीले पनि अन्तिम खेल सुखद बनाउने रणनीतिका साथ मैदान उत्रिनेछन् ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया