

मन्त्री भएकाहरु एमसीसीको पक्षमा, अरू विरोधमा !



सरकारले संसद्मा टेबल गराएको अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा सत्ता गठबन्धनमा आबद्ध दलले नै द्वैध चरित्र देखाउँदै आएका छन् । सत्तारूढ मध्येका दुई दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले बालुबाटारमा बसेको शीर्ष बैठकमा एमसीसी टेबल गर्ने सहमति गरेका थिए । सोही सहमतिअनुसार नै सरकारले एमसीसीसम्बन्धी प्रस्तावलाई सभामुखमार्फत् संसद्को कार्यसूचीमा राख्न लगाएर संसद्मा टेबल गरेको थियो ।
तर, ती दुबै दलले संसद्मा टेबल भइसकेको एमसीसीका विषयमा पुनः असहमति राख्दै पास हुनै नदिने अडान राख्दै आइरहेका छन् । एमसीसीका विषले यी दुवै दलभित्रको कलहसमेत बढेको छ ।
गठबन्धन आबद्ध एक शीर्ष नेताका अनुसार दुवै दलबाट सरकारमा सहभागी मन्त्रीहरू एमसीसीका पक्षमा पार्टी उभिनुपर्ने भन्दै लबिङमा छन् । तर, सरकारमा मन्त्री नभएकाहरू भने एमसीसीको खोइरो खन्दै विरोध गरिरहेका छन् ।
राजधानी दैनिकमा खबर छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया