

गुल्मीमा तीन दिने नगर स्तरीय जनचेतनामूलक कार्यक्रम सुरु



गोकर्ण पाण्डे
महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा आदिवासी जनजाति तथा दलित सम्बन्धी तीन दिने नगर स्तरीय जनचेतनामूलक कार्यक्रम रेसुङ्गानगरपालिका गुल्मीको सभा हलमा शुभारम्भ भएको छ।
आदिवासी जनजाति तथा दलित सम्बन्धी कार्यक्रमा नौ ओटा बिषयमा सहभागी हरु लाई सिकाइने छ। रेसुङ्गा नगरपालिकाका चौध ओटै वडा बाट चार चार जनाको कार्यक्रममा उपस्थिती रहेको छ।
कार्यक्रममा रेसुङ्गा नगरपालिकाकी उप प्रमुख सीता भण्डारीले हामी आए पछि आदिवासी जनजाति दलित लक्षित बर्ग हरु लाई विभिन्न कार्यक्रम सञ्चालन गरिएको बताउनु भएको छ। यस कार्यक्रम मा लैङ्गगिक हिसा कसरी कम् गर्ने भन्ने बारे अनि कानुन सम्बन्धि सिकाइने बताइन् ।भण्डारी का अनुसार महिला हरुको हितमा कार्यक्रम गरिएको बताउनु भयो।भण्डारीले यस कार्यक्रम बाट सक्षम भएर बाहिर आउन सहभागी हरु लाई भन्नु भएको छ।यहाँ सिकेको कुरा आफुले मात्र नभई अरुलाई पनि सिकाउन भन्निन्।
कार्यक्रमका जिल्ला प्रशसकिय अधिकृत भक्तिराम मरासिनी ले कार्यक्रममा सहभागी भएका हरु लाई आदिवासी जनजाति तथा दलित सम्बन्धी विभिन्न कुरा हरु सिकाइने बताउनु भएको छ।समाजमा हुने विभेद अन्त्यको लागि यस्तो जन चेतना मुलक कार्यक्रम गरिएको बताए।
यहाँ सिकेको कुरा लाई आफ्नो व्यवहार र समाजमा उतार्न सहभागी लाई मरासिनीले भन्नु भयो।
रेसुङ्गा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेले दलित तथा आदिबासी हरु को हितमा कार्यक्रम रहेको बताउनु भएको छ।अपहेलित व्यवहारको अन्त्य हुने पाण्डेले बताए।पाण्डेले कार्यक्रम को सफलताको शुभकामना दिए।
कार्यक्रममा माहिल बालबालिका तथा जेष्ठ नागरिका शाखा प्रमुख कल्पना पाण्डे नेपाल पत्रकार महासघका अध्यक्ष टोपलाल अर्याल र कार्यालयका कर्मचारी हरुको उपस्थिति रहेको थियो।


खबर सबै
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते
-
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा






प्रतिक्रिया