

पुल बनाउन बजेट नपरेपछि नगर र मन्त्रालय धाउँदै स्थानीय



नुरमोहम्म्द खान, कपिलवस्तु । पछाडी परेको समुदायमा बजेट गएन
कपिलवस्तुको एक सुकुम्बासी टोलका बासिन्दाको माँग सम्बोधन नभएपछि नागरिकहरू गाउँभेला गरी बजेट पार्न वडा नगरपालिका र प्रदेश सरकार सम्म दौडिन थालेका छन ।
जिल्लाको पचेहरा चोकदेखी पुर्व कपिलवस्तु न.पा.११ बनगाई सुकुम्बासीटोलमा पर्ने हुडरहवा खोलाको पुलमा बजेट नपरे पछि पुरै गाउँ भेला भई १७७ जनाको हस्ताक्षरले धन बहादुर परियारको अध्यक्षतामा स्थानिय तथा प्रदेश सरकारमा बजेट पार्न दौडधुप सुरु गरेका छन ।
हरेक वर्ष टोल भेला गरी योजना माग्छन हामी यस टोलमा काठको पुल हटाई पक्की पुलको योजना पहिलो प्राथमिकता दिन्छौ तर न योजना पर्छ नत सुनवाई हुन्छ जुठी सुनारको भनाई छ ।
२५ मिटर लम्बाई रहेको पुलको निर्माणले शुद्धोधन १ प्रगतिनगर बाणगंगा ११ बनकटवा महुवावारी भुसाल टोलका वासीहरु यही बाटो हिडदै पचेहरा पुग्छन खुम प्रसाद थारु बताए ।
हाम्रो गाउँमा विरामी तथा सुत्केरीलाई कसरी अस्पताल लैजाने खोलामा काठको पुल छ यहाँ एम्बुलेन्स आउँदैन अचम्मको छ हाम्रो गाउँ स्थानिय सिमा रैदास बताउछिन ।
२०३१ साल देखी काठको पुल निर्माण गरी विद्यार्थी जेष्ठनागरिक किसान व्यापारीलगायतआवात जावतमा असहज रहेको र २०६७ सालदेखी गा.वि.स तथा जि.वि स सम्म हाम्रो माग लाई लिएर दौडिने भिम बहादुर सुनारले अगुवाइ गरेका थिए वहाको २०७७ असोज १३ गते स्वर्गवास पनि भयो कालगतिले तर माग पुरा भएन रनकुमारी सुनारले दुख व्यक्त गरेकी छन ।
कपिलवस्तु नगरपालिका वडा नं.११का वडा अध्यक्ष राम गोपाल यादवले सो पुल निर्माणको लागी यस आर्थिक वर्षमा वडा तथा न.पा बाट योजना नरहेको र भौतिक पुर्वाधार विकास मन्त्रालय बुटवलको नाममा सिफारसि दिएको बताएका छन ।



खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया