

फुलबारी सामुदायिक वनको अध्यक्षमा जयलाल गिरी



जितपुर ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ स्थित फुलबारी सामुदायिक वन उपभोक्ता समुहले नयाँ नेतृत्व चयन गरेको छ । वन कार्यसमितिको शनिबार सम्पन्न १९ औँ साधारण सभा तथा ७ आँै अधिवेशनबाट जयलाल गिरीको अध्यक्षतामा नयाँ नेतृत्वको निर्वाचन भएको हो ।
चुनावी प्रक्रियाबाट सम्पन्न अधिवेशनमा अध्यक्ष पदका उमेद्धारहरु जयलाल गिरीले २६३ र निवर्तमान अध्यक्ष शेषकान्त बेल्वासेले २१४ मत प्राप्त गरेका थिए । यस्तै गिरीको अध्यक्षतामा गठित नयाँ कार्यसमितिको उपाध्यक्षमा कृष्णप्रसाद गैरे, सचिवमा मिना क्षेत्री थापा, सह सचिवमा रामबहादुर बस्नेत, कोषाध्यक्षमा अम्बरबहादुर गुरुङ् चयन भएका छन् । यस्तै समितिको सदस्यहरुमा क्रमश ः प्रेमलाल गैरे, बसन्ता भुषाल, लालमणी बेल्वासे, लिल बहादुर राना (अनिल), तुल्सिराम थारु, प्रदिप क्षेत्री र ललित प्रसाद पौडेल चयन भएको हरिशंकर पौडेलले जानकारी दिएका छन् ।
कार्यक्रममा बाणगंगा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु गिरीले वनको संरक्षण र विकासका लागि नयाँ गठित वन कार्यसमितिले नयाँ काम गर्ने विश्वास व्यक्त गरेका छन् । यस्तै उनले नव गठित समितिलाई बधाई पनि ज्ञापन गरेका छन् ।
कार्यक्रम फुलबारी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष शेषकान्त बेल्वासेको अध्यक्षता सहित वडा अध्यक्ष विष्णु गिरीको प्रमुख आतिथ्यता सहित सचिव मिना क्षेत्री थापाको संचालनमा सम्पन्न भएको हो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया