

६ महिनामा ३८ खाद्य कम्पनी विभागको कारबाहीमा (सूचीसहित)


काठमाडौं
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चालु आर्थिक वर्षको छ महिनामा ३८ कम्पनीलाई कारबाहीको दायरामा ल्याएको छ । तोकिएको खाद्य मापदण्ड तथा गुणस्तरीयता नपुर्याएका तथा उपभोग्य खाद्यान्नमा अखाद्य पदार्थ मिसावट गरी उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलबाड गर्ने विभिन्न ३८ खाद्य तथा पेय कम्पनीलाई विभागले कारबाही गरेको हो ।
शुक्रबार चालु आर्थिक वर्ष २०७८/७९ को छ महिनाको रिपोर्ट सार्वजनिक गर्दै विभागले सो अवधिमा खाद्य तथा बजार र उद्योग क्षेत्रबाट गरी कुल २ हजार १२४ नमुना सङ्कलन गरी परीक्षण गरिएको जनाएको छ । जसमध्ये खाद्यान्न/दलहनजन्यबाट २८४ वटा, तेल तथा घ्युजन्यका १४९ वटा, फल तथा सागपात जन्य पदार्थका १०१, मसलाका ८०, चिया कफीका ३६, दुध तथा दुग्धजन्य पदार्थका १५, प्रशोधित पिउने पानीका ३९, गुलियो पदार्थका ३३, कन्फेक्सनरीका १२, मासु तथा मासुजन्य पदार्थ १०, नूनका १२ लगायत अन्य खाद्य पदार्थका ५७ र दानाका ७२ गरी ९०० वटा नमुनाको परीक्षण गरिएको विभागले जनाएको छ । जसमध्ये अधिकतम ८.२२ प्रतिशत नमुनाहरू परीक्षण प्रतिवेदन मापदण्ड प्रतिकुल पाइएको विभागको भनाइ छ ।
जसमा खाद्यान्न तर्फ २२ वटा, पिउने पानीतर्फ १५ वटा, फल तथा सागपातजन्य तर्फ ११ वटा, दुध तथा दुग्धजन्य पदार्थका ५, तेल तथा घ्युजन्यका ३, चिया कफीका ३, मसला पदार्थका २, मासु तथा मासुजन्य पदार्थको १ र दाना पदार्थको ४ र अन्य खाद्य पदार्थको ८ वटा नमूना परिक्षण प्रतिकूल भेटिएको थियो ।
सो मध्येबाट २०७८/७९ को दोस्रो त्रैमासिक अर्थात पुस मसान्तसम्म खाद्य ऐन तथा नियम अनुसार न्युनस्तर तथा दूषित उत्पादन तथा बिक्रीवितरण गरेको कसूरमा विभिन्न जिल्लामा गरी ३८ कम्पनी तथा फर्मलाई मुद्दा चलाइएको विभागले जनाएको छ ।
कुनकुन कम्पनी परे विभागको कारबाहीमा ?


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया