

नागरिक समाजको प्रश्न : चीनले नेपाली भूमि अतिक्रमण गर्दा सरकार मौन किन ?



भैरहवा : चीनले नेपालको भूमि अतिक्रमण गरेकोप्रति नेपाल सरकार मौन किन भन्दै नागरिक समाजका अगुवाहरुले प्रश्न गरेका छन् । चीनद्वारा नेपालका विभिन्न भुभाग अतिक्रमणमा परेकोले यसप्रति सरकार गम्भिर हुनुपर्नेमा जोड दिएका छन् ।
नागरिक समाज, रुपन्देहीले मंगलबार भैरहवामा आयोजना गरेको चीनद्वारा नेपालको भूमि अतिक्रमण सम्बन्धमा नेपाल सरकार मौन किन ? विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने अगुवाहरुले भूमि अतिक्रमण जुनुसकै मुलुकले गरे पनि त्यो गलत भएको बताएका छन ।
भारतले सीमा अतिक्रमण गर्दा चर्को आवाज उठाउने तर चीनले भूमि अतिक्रमण गर्दा चुप लागेर बस्ने प्रवृत्ति ठीक नभएको बताएका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्व कृषि राज्यमन्त्री ओमप्रकाश यादव (गुल्जारी)ले राष्ट्रियताको सवालमा सबै एकजुट हुनुपर्ने बताएका छन । उनले भने, ‘भारतले सीमा अतिक्रमण गर्दा बोल्छौ, त्यो ठीक छ तर चीनले अतिक्रमण गर्दा पनि त्यसकाविरुद्ध आवाज उठाउनुपर्छ ।’ नेता गुल्जारीले नेपालले भारत र चीन दुवैसंग राम्रो सम्बन्ध स्थापित गर्नुपर्ने बताएका छन ।
त्यस्तै नेता तथा सामाजिक अगुवा राजेन्द्र गुप्ताले सत्यको पक्षमा बोल्नुपर्ने बताएका थिए । उनले चीनले नेपाली भूमि अतिक्रमण गरेको विषयमा आवाज उठाउनुपर्नेमा जोड दिएका छन । समाजसेवी आनन्द प्रसाद गुप्ताले सीमा अतिक्रमणका विषयमा राजनीतिक दलका नेता तथा सरकार गम्भिर हुनुपर्ने बताएका छन । युवा नेता महेन्द्र गुप्ता (प्रशान्त)ले सीमा अतिक्रमण गलत कार्य भएको बताएका छन । नागरिक अगुवा अखिलेन्द्र पाण्डेले चीनले सीमा अतिक्रमण गर्दा आवाज उठाउनुपर्ने बताएका थिए ।
त्यस्तै विश्वनाथ रायले सीमा विवाद समाधान गर्न सरकार संग आग्रह गरेका छन । समाजसेवी प्रेमनाथ शुक्ला, सरिता श्रीवास्तवले भूमि अतिक्रमणविरुद्ध आवाज उठाउनुपर्ने बताएका थिए । राजेन्द्र गुप्ताको अध्यक्षता, ओमप्रकाश यादव (गुल्जारी)को प्रमुख आतिथ्यता तथा महेन्द्र गुप्ता (प्रशान्त)को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया