

एमसीसी रोक्न प्रचण्ड लागेपछि देउवा अप्ठ्यारोमा



काठमाडौं
प्रधानमन्त्री शेरबहादुर देउवा फेरि अप्ठ्यारोमा परेका छन् । नेकपा माओवादी केन्द्रले एमसीसी बढाउन खोजे सत्ता गठबन्धन छाड्ने निर्णय गरेपछि देउवा अप्ठ्यारोमा परेका हुन् ।
आज बालुवाटार पुगी प्रचण्डले देउवालाई आफ्नो दलको धारणा बताएका छन् । उनले एमसीसी यथास्थितिमा बढाउन नसकिने जानकारी गराएका हुन् ।
आज संसदमा एमसीसी टेबल नहुने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले टेबल नगर्ने भएका हुन् । योसँगै गठबन्धन संकटमा परेको छ ।
सभामुख सापकोटाले एमसीसी टेबल गर्ने सहमति अनुसार देउवाले १ फागुनमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउने सहमति जनाएका थिए । तर, प्रचण्ड मात्र नभई नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पनि एमसीसी पारित नगर्ने पक्षमा उभिइसकेका छन् ।
सत्ता गठबन्धनका माओवादी र नेकपा एस एमसीसीको विपक्षमा उभिएपछि देउवाका सामु नयाँ विकल्पमा जाने अवस्था सृजना भएको छ । उनका लागि अबको विकल्प एमसीसीमा पछाडि हट्ने या ओलीसँग गठबन्धन बनाउने मात्र रहेको छ ।


खबर सबै
-
हावासहितको पानीले धान ढल्यो, किसान चिन्तित
-
नारायणीको जलसतह हालसम्मकै उच्च
-
पाल्पामा घर पुरिँदा वृद्धको मृत्यु
-
गोरुसिङ्गे–सन्धिखर्क सडकखण्ड आज राति बन्द हुने
-
बाणगंगा नदीमा हामफालेका पुरुष अझै बेपत्ता, प्रहरी भन्छ, ‘खोजी कार्य जारी राखेका छौँ’
-
गुल्मीको मुसिकोटमा पहिरोले घरमा क्षति, परिवार सुरक्षित स्थानमा सारियो
-
गोरुसिङ्गे–सन्धिखर्क सडकखण्ड आज राति बन्द हुने
-
बाणगंगा नदीमा हामफालेका पुरुष अझै बेपत्ता, प्रहरी भन्छ, ‘खोजी कार्य जारी राखेका छौँ’
-
गुल्मीको मुसिकोटमा पहिरोले घरमा क्षति, परिवार सुरक्षित स्थानमा सारियो
-
आइतबारसम्म भारी वर्षाको सम्भावना, अनावश्यक यात्रा नगर्न विभागको आग्रह
-
लुम्बिनी प्रदेशको कपिलवस्तु सहित पश्चिमका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
-
बाढीले डुबायो सुस्ता, ४०० सुस्तावासी होल्डिङ सेन्टरमा स्थानान्तरण







प्रतिक्रिया