

पचहत्तर लाख पशुपन्छीलाई खोप लगाइँदै



पशुपन्छीमा समय–समयमा एकै पटक देखिने प्रकोप नियन्त्रणका लागि देशैभर अभियान सञ्चालन गरिएको छ । निःशुल्क खोप प्रवाह कार्यक्रमका नाममा सुरु भएको अभियान हिउँद र बर्खामा देखिने विभिन्न प्रकृतिका सङ्क्रामक रोगविरुद्ध पशुपन्छीमा प्रतिरोधात्मक क्षमता विकास गराउने उद्देश्यले सञ्चालन भइरहेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको पशु सेवा विभागको प्रत्यक्ष निगरानीमा सबै प्रदेशका भेटेरिनरी अस्पतालको सहयोग, प्रदेश कार्यालयको समन्वय र स्थानीय तहको प्रत्यक्ष उपस्थितिमा एकै पटक खोप कार्यक्रम सुरु भएको हो । अभियानअन्तर्गत केही प्रदेशले धमाधम खोप लगाउँदै छन् भने केही फागुनको दोस्रो सातादेखि लगाउने तयारीमा छन् ।
स्थानीय तह र प्रदेश सरकारसँगको समन्वयमा पशु सेवा विभागले लगत सङ्कलन गरी एकै पटक मुलुकभर ७५ लाख पशुपन्छीलाई खोप लगाउन सुरु गरेको हो । जोखिम धेरै देखिएका सुँगुर प्रजातिका जनावरमा लाग्ने रोगविरुद्ध सीएसएफ, कुखुरामा लाग्ने रानीखेत आईटु, गाईभैँसीमा लाग्ने भ्यागुते र चरचरे, भेडाबाख्रामा लाग्ने रोग तथा खुर फाटेका जनावरमा लाग्ने खोरेत रोगको प्रकोप रोक्न एकै पटक देशव्यापी रूपमा खोप अभियान सञ्चालन भइरहेको छ ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया