

ब्याटिङ नचल्दा नेपाल पराजित

काठमाण्डाै चार देशीय टी-२० क्रिकेट शृङ्खला अन्तर्गत आज साेमवार भएकाे अन्तिम खेलमा नेपाल आयरल्यान्डसँग १६ रनले पराजित भएकाे छ । आयरल्यान्डले दिएकाे एक सय २८ रनकाे सामान्य लक्ष्य पछ्याएकाे नेपाल निर्धारित ओभरमा ९ विकेट गुमाएर एक सय ११ रनमा सीमित भएकाे हाे ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २८ र आसिफ शेखले २३ रन बनाए पनि अन्य खेलाडीले राम्राे प्रदर्शन गर्न सकेनन् । बलिङतर्फ आयरल्यान्डका मार्क ऐडर, सिमी सिंह, बेरी म्याककार्थी र एन्डी म्याकब्रेनले दुई–दुई विकेट लिए ।
यसअघि अल अमिरातमा टस हारेर ब्याटिङ गरेकाे आयरल्यान्डले निर्धारित ओभरमा सबै विकेट गुमाएर एक सय २७ रन बनायाे । आयरल्यान्डका लागि जर्ज डाेकरेलले २८, कर्टिस च्याम्परले २० र कप्तान एन्डी बलविरनेईले १९ रन बनाए ।
बलिङतर्फ नेपालका लागि दीपेन्द्रसिंह ऐरीले चार विकेट लिए । दीपेन्द्रले ४ ओभरमा २१ रन दिएर ४ विकेट लिए । यस्तै अभिनाश बाेहराले दुई विकेट लिँदा कमल ऐरी, जितेन्द्र मुखिया र कप्तान सन्दीप लामिछानेले समान एक–एक विकेट लिए ।
याे शृङ्खलामा नेपालले तीन वटा खेल खेलेकाेमा दुई खेलमा पराजित भएकाे छ । ओमानलाई हराएकाे नेपाल यूएई र आयरल्यान्डसँग पराजित भयाे ।
नेपाल, आयरल्यान्ड, ओमान र यूएईबीच टी–२० क्रिकेट शृङ्खला भएकाे हाे । यो शृङ्खलालाई नेपालले अर्को हप्तादेखि ओमानमै सुरु हुने टी-२० विश्व कपकाे ग्लाेबल छनोटको पूर्ण तयारीका रूपमा लिएको छ ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया