

शनिबार बजार बन्द हुने कुरा होहल्ला मात्र : कपिलवस्तु उद्योग वाणिज्य संघ



कपिलवस्तु कपिलवस्तु उद्योग बाणिज्य संघले मंगलबार बजार बन्द गर्ने निर्णय यथावत रहेको जनाएको छ । बजार बन्द गर्ने बारका बारेमा बजारमा केही अनावश्यक होहल्ला चलेको भन्दै संघले मंगलबार बजार बन्द गर्ने निर्णय यथावत रहेको जनाएको हो । संघका केही पदाधिकारी, सदस्य तथा व्यवसायीले शनिबार बजार बन्द गर्ने भनि बजारमा हल्ला फैलाएकोमा संघको गम्भिर ध्यानाकर्षण भएको संघका अध्यक्ष डोलकराम घिमिरेले बताउनुभयो ।
यसरी अनावश्यक होहल्ला फैलाउनेमाथि कारबाही प्रक्रिया बढाउने अध्यक्ष घिमिरेले चेतावनी समेत दिनुभएको छ । संघका अध्यक्ष घिमिरेले विभिन्न किसिमका होहल्लाका पछाडि नलागी मंगलबार नै बजार बन्द गर्न आग्रह समेत गर्नुभएको छ । समितिमा मंगलबार बाहेक अन्य कुनै बारमा बजार बन्द गर्न माग आएपछि अहिले बजारमा बजार बन्द गर्ने बारको विषय चर्चामा छाएको छ ।
विभिन्न क्षेत्रगत उपसमितिसंग थप छलफल गरि आवश्यक निर्णय गरिने संघका वरिष्ठ उपाध्यक्ष छविरेस्मी मगरले बताए । उनले व्यवसायीको हकहितको पक्षमा संघ सदैव रहेको र आगामी दिनमा पनि सबैको मागलाई समेट्ने प्रतिवद्धता जनाए ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया