नागरिकको स्वास्थ्य नै पहिलो प्राथमिकता : नगर प्रमुख शाह

कपिलवस्तु ।

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १० मा रहेको श्री नेत्र ज्योति माध्यमिक विद्यालय सौनहवामा लुम्बिनी प्रदेश स्थापना दिवस २०७८ को अवसरमा स्त्री तथा छाला रोग सम्बंधि तीन दिने वृहत स्वास्थ्य शिविर संचालन गरिएको छ । शिविरको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले गर्नुभएको छ ।

स्वास्थ्य कार्यालय तौलिहवा कपिलवस्तुको आयोजना तथा कृष्णनगर नगरपालिकाको समान्वय रहेको शिविरमा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेयको अध्यक्षता सहित कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नगर प्रमूख शाहले कृष्णनगर नगरपालिका भित्र स्वास्थ्य क्षेत्रमा राम्रो सुधार भएको बताउदै यस शिविर बाट सेवा लिन नगरका जनता लाई अनुरोध गर्नुभयो । चेकजाँचका क्रममा जटिल रोग देखा परेमा नगरपालिकाले आफ्नो खर्चमा जिल्ला अस्पताल सम्म पुर्याउने बताउदै नागरिकको स्वास्थ्य नै आफ्नो पहिलो प्राथमिकता रहेको उहाँको भनाई थियो ।
उक्त शिविरमा डा. मुकेश चौधरी तथा स्त्री रोग विशेषज्ञ प्रशंसा गुरुङ लगायतको टोलिले चेकजाँच गरेका छन् ।
कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमूख हेमराज पाण्डेयले आफूहरू नागरिकको स्वास्थ्य प्रति सधै समर्पित रहेको बताउदै यस स्वास्थ्य शिविर बाट बढी भन्दा बढी व्यक्ति लाभ लिन आग्रह समेत गर्नुभयो ।

कृष्णनगर नगरपालिका स्वास्थ्य शाखाका बिष्णु प्रसाद पौडेलले कार्यक्रममा संचालन गर्नुभयो िआजको कार्यक्रममा २६९ जनाको स्वास्थ्य चेक जांच गरिएको छ ।
त्यस मध्ये रहेक ४ जना कुष्ठरोगि पहिचान गरिएको साथै कोरोना भाइरसको एन्टीजेन टेस्टको समेत व्यवस्था रहेको स्वास्थय कर्मी चमेली गाहाले जानकारी दिनुभयो । स्वास्थ्य शिविर कार्यक्रमको सम्पूर्ण व्यवस्थापन फोकल पर्सन प्रभास पन्थीले गर्नुभएको थियो ।

प्रतिक्रिया

खबर सबै