सत्ता गठबन्धन विभाजित, एमालेको भत्काउने दाउ

काठमाडौं
सत्ता गठबन्धनभित्र अमेरिकी सहयोग परियोजना मिलिनिय च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्मा टेबल गर्ने विषयमा विवाद चुलिएको छ । सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताबीच शनिबार बालुवाटारमा भएको बैठक बिनानिष्कर्ष टुंगिएको छ ।
एमसीसी सम्झौतालाई अगाडि बढाउने विषयमा भएको छलफलमा शीर्ष तीन नेता आ–आफ्नै अडानमा कायम रहेपछि बैठक बिनानिष्कर्ष टुंगिएको हो । देउवा सचिवालयका एक सदस्यका अनुसार प्रधानमन्त्री देउवाले एमसीसीलाई संसद्मा टेबल गर्न जोड दिएपछि प्रचण्ड र नेपालले सत्ता गठबन्धभित्र साझा धारणा निर्माण नभई अगाडि बढे गठबन्धन भत्किनसक्ने चेतावनी दिनुभएको थियो । तर, प्रधानमन्त्री देउवाले भने सम्झौता टेबल गर्दैमा गठबन्धन नभत्किने आश्वासन दिनुभएको थियो ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ढिला नगरी एमसीसीलाई संसद्मा टेबल गर्न र त्यहींबाट छिनोफानो गर्न आग्रह गर्नुभएको थियो । तर, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेकै अवस्थामा एमसीसी संसद्मा टेबल गर्न नहुने अडान दोहर्याउनु भएको थियो ।

खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान

प्रतिक्रिया