

कपिलवस्तुको बाणगंगाबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ



राजेन्द्र खनाल, कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगाबाट अबैध भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । बाणगंगा नगरपालिका वडा नं.२ कोठीखोला किनारबाट भरुवा बन्दुकसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
मनकामना सामुदायिक वनमा केही व्यक्ति बन्दुकसहित हिडिरहेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरी निरिक्षक दिनेश गुरुङले बताउनुभयो ।
पक्राउ पर्नेमा अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं.१४ निवासी ५० बर्षीय बीर बहादुर सोमै र सोही वडाका २८ बर्षीय खेमु मगर रहेका छन् । सोमैको साथबाट एक थान खाली भरुवा बन्दुक र मगरको साथबाट एक थान लोडेड भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ । उनीहरु विरुद्ध थप अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
हरितयार बरामदमा इलाका प्रहरी कार्यालय पिपराको सफलता
यस अघि पनि बाणगंगाको वडा नम्बर ८ को मोर्मी स्थित कोइलीपारबाट चार थान भरुवा बन्दुक सहित तीन जना मानिसहरुलाई पक्राउ गरी मुद्धा चलाएको र बाणगंगा कै वडा नम्बर ७ धैरेनी डाँडाबाट समेत दुई वटा लोड गरी राखिएको भरुवा बन्दुक फेला पारी बरामद गरेको प्रहरी निरिक्षक गुरुङले बताउनुभयो । यस्तै कपिलवस्तु नगरपालिका वडा नम्बर १० बाट मेड इन युएस ए लेखेको अटोमेटिक पेस्तोल, चार राउण्ड गोली सहित एक जनालाई पक्राउ गरी मुद्धा चलाइएको पनि उहाँले बताउनुभयो ।
घरेलु हतियार देखि अन्य विभिन्न हातहतियारको खोजी र नियन्त्रणमा प्रहरी लागेको र यसमा केही सफलता समेत मिलेको उहाँको भनाई छ । ईलाका प्रहरी कार्यालयबाट राजश्व संकलनमा समेत राम्रो सफलता प्राप्त भइरहेको उहाँले बताउनुभयो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया