

नेपाल यूएईसँग २५ रनले पराजित



काठमाण्डाै
चार देशीय शृङ्खलाको दोस्रो खेलमा नेपाल संयुक्त अरब एमिरेट्स यूएईसँग २५ रनले पराजित भएको छ । यूएईले दिएकोे १ सय ९३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा मात्र १६७ रन मात्रै बनायो ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४१ रन तथा आसिफ शेखले २४ रनको योगदान दिए । यूएईका रोहन मुस्तफा र कासिफ दाउदले दुई–दुई तथा जुनैद सिद्धिकीले एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ९२ रन बनाएकाे थियाे । यूएईका लागि चिराज सुरीले ५ चौका र ५ छक्का सहित सर्वाधिक ८४ रन बनाए । नेपालका लागि शहाब आलम, आरिफ शेख र कप्तान सन्दीप लामिछानेले १–१ विकेट लिए ।
शृङ्खलाको पहिलो खेलमा नेपालले शुक्रबार ओमानलाई ६ विकेटले पराजित गरेको थियो । आइसीसी टी–२० विश्वकपको ग्लोबल छनोटको तयारीका लागि नेपाल, ओमान, यूएई र आयरल्यान्ड चारदेशीय शृङ्खलामा सहभागी छन् ।


खबर सबै
-
सद्भावको पर्व छठ मनाउन कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण
-
बर्दियामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु,१५ जना घाइते
-
एनपीएलमा प्लेअफको समीकरण रोचक
-
भलवाडमा देउसी भैलोका क्रममा कुटाकुट, एकजना घाइते, एक युवक प्रहरीको नियन्त्रणमा
-
आइतबारदेखि फेरि पानी पर्न सक्ने, किसानलाई धानबाली जोगाउन सुझाव
-
धान दाइँमा आधुनिक थ्रेसरको प्रयोग बढ्दै
-
भलवाडमा देउसी भैलोका क्रममा कुटाकुट, एकजना घाइते, एक युवक प्रहरीको नियन्त्रणमा
-
आइतबारदेखि फेरि पानी पर्न सक्ने, किसानलाई धानबाली जोगाउन सुझाव
-
धान दाइँमा आधुनिक थ्रेसरको प्रयोग बढ्दै
-
डल्ले सराय नाच प्यूठानको मौलिक सांस्कृतिक पहिचान
-
कपिलवस्तु नगरपालिकामा शुक्रबार शोक बिदा
-
आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय







प्रतिक्रिया