बाणगंगाका प्रमूख प्रशासकीय अधिकृत पन्थीद्धारा क्रियाशिल पत्रकारसँग छलफल

कपिलवस्तु ।

कपिलवस्तुको बाणगंगा नगरपालिकाका प्रमूख प्रशासकीय अधिकृत टेकराज पन्थीले नगरभित्रका पत्रकारहरुसँग एक कार्यक्रमका बिच शुक्रबार अन्र्तक्रिया तथा परिचयात्मक कार्यक्रम गर्नुभएको छ ।
नगरपालिकामा हालै सरुवा नवौं प्रमुख प्रशासकीय प्रमूखको रुपमा आउनु भएका पन्थीले मिडियाले राखेका सुझावलाई आफूले गम्भीरताका साथ ग्रहण गरेको भन्दै नगरभित्रका संचारमाध्यम र पत्रकारहरुसँग सहकार्यका साथ काम गर्ने पनि बताउनुभयो ।
पन्थीले नगरका रेडियो, टेलिभिजन, छापा र अनलाइन संचारगृहमा आबद्ध क्रियाशिल पत्रकारहरुसँग छलफल गर्नुभएको हो ।
छलफलका क्रममा उहाँले नगरबाट प्रदान हुने सेवा प्रवाह, राम्रा पक्ष र सुधार गर्नु पर्ने कुराहरु, मिडियाहाउसका संचालकसंगको समन्वय र सम्बन्ध लगायतका बिषयमा राय समेत लिनुभएको छ ।
पत्रकारहरुको तर्फबाट नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष बसन्त गिरी, जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, निवर्तमान अध्यक्ष डिलाराम भुसाल, पूर्वअध्यक्ष भेषराज पाण्डे, समाजबादी प्रेस संगठनका केन्द्रिय उपाध्यक्ष विकास बञ्जाडे, पत्रकार पार्वती पाण्डे लगायतले जिल्ला र बाणगंगा नगरपालिकाका मिडियाको अवस्था, विकास, पत्रकारसंग नगरले अहिलेसम्म गरेको समन्वय, समस्या, आगामी योजना लगाएतका विषयमा आफ्ना विचार व्यक्त गर्नुभएको थियो ।
पत्रकारका जिज्ञासा पछि प्रमूख प्रशासकीय अधिकृत पन्थीले मिडियासंगको समन्वयविना नगरको सवृद्धि र विकास नहुने भन्दै आगामी दिनमा मिडियाकर्मीहरुलाई संगै लिएर जाने बताउनु भयो ।


नगरलाई खबरदारी गर्नुपर्ने तर भ्रामक र चर्चा पाउनेभन्दा पनि नगरको विकास नगरबासीको हित हुने खालका विषयमा समाचार लेख्न उहाँको आग्रह छ ।
यस्तै छलफलमा नगरप्रमुख मंगलप्रसाद थारुले नगर विकासमा कार्यकारी पन्थीले देखाउनु भएको सक्रियताको प्रसंसा गर्दै आफू पनि पत्रकारले राखेका सबालमा सकारात्मक रहेको बताउनु भयो । आफ्नो कार्यकाल अनुभवमै वित्न लागेको भन्दै उहाँले पत्रकारहरुसंग समयसमयमा छलफल र अन्तरक्रिया गरिरहनु पर्ने बताउनु भयो । नगरका सुचना अधिकारी केशवराज भट्टराईको संचालनमा सम्पन्न कार्यक्रममा युवा तथा खेलकुद शाखाका प्रमुख बाबुराम भट्टराई, शिक्षा अधिकृत खिम बहादुर जिसी तथा करिब २ दर्जन पत्रकारको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

खबर सबै