

कपिलवस्तुका व्यवसायीको हत्या आरोपमा ६ जना पक्राउ



परासी । व्यवसायी हत्यामा संलग्न भएको भन्दै पश्चिम नवलपरासी प्रहरीले दुई जना महिलासहित ६ जनालाई पक्राउ गरेको छ । माघ ८ गते कपिलवस्तु शुद्धोधन गाउँपालिकाका ३५ वर्षीय विजय चौधरी रामग्राम नगरपालिका ९ मा मृत अवस्थामा फेला परेका थिए ।
जग्गा किन्नका लागि पश्चिम नवलपरासीको रामग्राम आएका चौधरीलाई रामग्राम नरगपालिका ३ का राजु भनिने मन्जुर आलम देवान र उनको श्रीमती हदिसुन नेसाले आफ्नै घरमा हत्या गरेर २० लाख रुपैयाँ लुटेको प्रहरीले जनाएको छ । चौधरीले काठमाडौंमा हार्डवेयर व्यवसाय गर्दै आएका थिए ।
हत्या गरेर भारतको गोरखपुरमा गएर लुकिछिपी बसेका मन्जुर र देवानलाई नवलपरासी प्रहरीको विशेष टोलीले भारतीय प्रहरीसँग समन्वय गरेर पक्राउ गरेको हो । चौधरीको हत्या गरेर लुटेको रकम लुकाउन सहयोग गर्ने अन्य चार जनालाई पनि प्रहरीले सार्वजनिक गरेको हो ।
हत्या योजनामा साथ दिएको भन्दै रामग्राम नगरपालिका २ का शारदा देवी केवट, उनका श्रीमान् बसन्त कुमार सहानी, तलत अलि खान र जित बहादुर श्रेष्ठलाई पक्राउ गरेर अदालतमा पेस गरीएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रेमबहादुर शाहीले बताए । जग्गा कारोबारका लागि आउँदा आफ्नै साथीले घरमा लगेर माघ ७ गते चौधरीको हत्या गरेका थिए ।
पैसाको लोभमा परेर चिनजानको साथीको हत्या गरेर नालिमा फालेको र भारतमा गएर अभियुक्त लुकेको सूचना पाएपछि प्रहरीको विशेष टोली परिचालन गरेर पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका एसपी मनोज कुमार यादबले बताए ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया