

चोरीका मोटरसाईकल नियन्त्रणमा लाग्यो कपिलवस्तु प्रहरी



कपिलवस्तु ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पछिल्ला केही दिन यता जिल्लामा चोरीका मोटरसाईकल नियन्त्रणमा सक्रियताका साथ अभियान संचालन गरेको छ । जिल्लाका विभिन्न स्थानहरुमा पार्किङ गरि रहेको अवस्थामा केहि दिनयता मोटरसाईकलहरु चोरी हुने घटनाहरुमा बृद्धि हुन थालेपछि चोरी नियन्त्रण विशेष अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
लामो समयसम्म जथाभावि वा आफ्नो नजर नपुग्ने स्थानमा पार्किङ गरी मोटरसाईकल नराख्न प्रहरी कार्यालयको सुझाव छ । मोटरसाईकल चोरीकार्यमा संगलग्न गिरोहको पक्राउ तथा चोरी कार्या नियन्त्रणका लागि नियमित चेकजाँचहरु प्रहरीले गर्दै आएको प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीले बताउनुभयो ।
विशेष गरी सार्वजनिक स्थान र सरकारी कार्यालयहरुमा रहेक पार्किङ स्थलमा सिसिटिभि क्यामेरा राख्न पहल गरिएको छ भने मोटरसाईकल चोरी नियन्त्रणको लागि सबै प्रहरी कार्यालयहरुबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा नागरिकमा सचेतनामूलक कार्यक्रम मार्फत सजग गराईएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

मोटरसाईकल चोरीका घटना नियन्त्रणका लागी प्रहरीले जिल्लाको वाणगंगा नगरपालिका वडा नं ९ स्थित भलवाडका विभिन्न स्थानहरु सहित वडा नम्बर ७ को धनेशपुर लगायतका गाउँहरुमा आकस्मिक चेकजाँच समेत गरेको छ । सोही क्रममा २ सय २८ वटा मोटरसाईकल सहित ४८ ओटा मझौला सवारी साधन चेकजाँच गरेको छ । सो क्रममा कागजात नभएको १ वटा सावरी नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । सडकमा गुड्ने मोटरसाईकालहरुको कागजात चेकजाँच सँगै जिल्लाका विभिन्न स्थानमा संचालित मोटरसाईकल वर्कसपहरुको समेत अनुगमन गरिएको छ ।



खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया