भलवाड सहित जिल्लाका विभिन्न स्थानमा मोटरसाईकल चोरी नियन्त्रण विशेष अभियान

कपिलवस्तु

कपिलबस्तुमा विभिन्न स्थानहरुमा पार्किङ गरि रहेको अवस्थामा केहि दिनयता मोटरसाईकलहरु चोरी हुने घटनाहरुमा बृद्धि हुन थालेपछि जिल्ला प्रहरीले चोरी नियन्त्रण विशेष अभियान सञ्चालन गरेको छ।

घरमा रातको समयमा मोटरसाईकल राख्नुपर्दा सम्भव भएसम्म मोटरसाइकललाई पिल्लर वा केहि भारि÷गह्रौँ वस्तुसँग फलामको साङलोले बाँधी अड्याउन वा पछाडिको चक्कामा लाग्ने लक प्रयोग गरि राख्ने समेत जिल्ला प्रहरी कार्यालयले अनुरोध गरेको छ ।

लामो समयसम्म जथाभावि वा आफ्नो नजर नपुग्ने स्थानमा पार्किङ मोटरसाईकल नराख्न जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीले आग्रह गर्नुभएको छ । चोरीको मोटरसाईकल नियन्त्रणको लागि चोरीमा संलग्नहरुको पहिचान, अवरोध र पक्राउ गर्न नियमित चेकजाँचहरु प्रहरीले गर्दै आएको प्रहरी नायब उपरिक्षक भण्डारीले बताउनुभयो । प्रहरी निरिक्षक जगन्नाथ मरासिनिका अनुसार विशेष गरी सार्वजनिक स्थान र सरकारी कार्यालयहरुमा रहेको पार्किङ स्थलमा सिसिटिभि क्यामेरा राख्न आवश्यक रहेको बताउनु भयो । मोटरसाईकल चोरी नियन्त्रणको लागि सबै प्रहरी कार्यालयहरुबाट प्रत्यक्ष र अप्रत्यक्ष रुपमा नागरिकमा सचेतनामूलक कार्यक्रम मार्फत सजग गराईएको उहाँले बताउनुभयो ।

मोटरसाईकल चोरीका घटना नियन्त्रणका लागी प्रहरीले जिल्लाको वाणगंगा नगरपालिका वडा नं ९ स्थित भलवाड, जिनुवा, तथा वडा नम्बर ७ स्थित मोतिपुर, बनगाई धनेशपुर लगायतका गाउँहरुमा आकस्मिक चेकजाँच समेत गरेको छ । चेकजाँचका क्रममा २ सय २८ ओटा मोटरसाईकल, ४८ ओटा मझौला सवारी साधन चेकजाँच गरेको हो । चेकजाँच क्रममा कागजात नभएको १ वटा सावरी नियन्त्रणमा लिईएको प्रहरी निरिक्षक मरासिनीले बताउनुभयो । त्यस्तै सो चेकजाँचको क्रममा त्यस क्षेत्रमा सञ्चालित मोटरसाईकल वर्कसपहरुको समेत अनुगमन गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

खबर सबै