


कमल थापाले छाडे राप्रपा



मकवानपुर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेकाे घाेषणा गर्नुभएकाे छ । आज मङ्गलवार हेटाैँडामा पत्रकार सम्मेलन गरेर उहाँले राप्रपाबाट अलग भएकाे घाेषणा गर्नुभएकाे हाे ।
पत्रकार सम्मेलनमा बाेल्दै उहाँले पार्टीमाथि पटक–पटक निर्मल निवासको हस्तक्षप भएकाे दाबी गर्दै त्याे राम्रो नभएको बताउनुभयो । नयाँ पार्टी खोल्नेबारे के विचार छ भन्ने पत्रकारको प्रश्नमा थापाले यसबारे सबैसँग सल्लाह गरेर मात्र अगाडि बढ्ने बताउनुभयो ।
गएकाे मङ्सिरमा भएकाे अधिवेशनमा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि कमल थापा पार्टी नेतृत्वप्रति असन्तुष्ट बन्दै आउनुभएकाे थियाे ।



खबर सबै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ






प्रतिक्रिया