


नेपालको हवाई क्षेत्रलाई सुरक्षा सूचीबाट हटाउन मन्त्री आलेको आग्रह



काठमाण्डाै
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपालको हवाई क्षेत्रलाई युरोपेली सङ्घको उडान सुरक्षा सूचीबाट हटाउन आग्रह गर्नुभएको छ । मन्त्री आलेले नेपालका लागि ईयूका राजदूत नोना डिप्रेसँग आज साेमवार मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा नेपालले हवाई सुरक्षामा गृहकार्य गरिरहेकाले पनि त्याे सूचीबाट हटाउनका लागि सहयोग गर्न अनुरोध गर्नुभयो ।
मन्त्री आलेले भन्नुभयो, ‘नेपालको हवाई सुरक्षा क्षेत्र थप सुधार गर्न तथा उडान सुरक्षामा नेपाल सरकार पूर्ण प्रतिबद्ध छ ।’ उहाँले नागरिक उड्डयन क्षेत्रका साथै संस्कृति तथा पर्यटन क्षेत्रको प्रवर्द्धन तथा विकासका लागि ईयूसँग नेपालले सहकार्य गर्न चाहेको धारणा पनि राख्नुभयो ।
भेटमा राजदूत डिप्रेले नेपालको उडान सुरक्षा अवस्थाको स्थलगत अवलोकनका लागि ईयूकाे प्राविधिक टोलीलाई यथाशीघ्र बोलाउन आग्रह गरिने आश्वासन दिनुभयो । ईयूले नेपालको उडान सुरक्षालाई सुदृढ गर्न सहयोग गरिरहेको र भविष्यमा पनि सहयोग गरिरहने आश्वासन दिँदै उहाँले नागरिक उड्डयन क्षेत्रमा नियमन र सेवा प्रदान गर्ने अलग–अलग निकाय स्थापनाका लागि पनि नेपाललाई आग्रह गर्नुभयो ।
अहिलेसम्म उडान सुरक्षा क्षेत्रमा नेपालले गरेको प्रगतिको प्रशंसा गर्दै राजदूत डिप्रेले भन्नुभयो, ‘हवाई सुरक्षा क्षेत्रमा नेपालले राम्रो प्रगति गरेको छ, मेरा तर्फबाट सकारात्मक प्रयास हुन्छ ।’


खबर सबै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ






प्रतिक्रिया