

ओली र राष्ट्रपतिबिच भेटवार्ता, एमाले र काङ्ग्रेस मिलाएर एमसीसी पास गर्ने चर्चा



काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका अध्यक्ष ओली राष्ट्रपति भण्डारीलाई भेट्न शनिबार शीतलनिवास पुगेका थिए ।
सरकाले स्थानीय निर्वाचनको मिति तोक्न नसकिरहेको अवस्थामा राष्ट्रपति भण्डारी र ओलीबीच भेटवार्ता भएको हो । भेटमा समसामयिक राजनीतिक परीस्थितीका बिषयमा कुराकानी भएको बताइएको छ । भेटमा स्थानीय तहको निर्वाचन र एमसीसीको बिषयमा पनि कुराकानी भएको बताइएको छ ।
राष्ट्रिपतिसहित एमाले र निर्वाचन आयोगको बैशाखमै स्थानीय तहको निर्वाचन गर्न सरकारलाई दवाद दिइरहेको छ ।
त्यस्तै पाँचदलीय गठबन्धनमा घाँडो बनेको एमसिसीको सम्बन्धमा एमाले र काँग्रेस मिलाएर पास गराउने सम्बन्धमा राष्ट्रपतिले भूमिका खेलिरहेको राजनीतिक वृतमा चर्चा चलिरहेको छ ।
एमसिसी पास गर्ने काँग्रेसको चाहना भएपनि गठबन्धनका मओवादी र नेकपा एकीकृत समाजवादीले भने अहिलेकै अवस्थामा हरहालतमा एमसिसी पास गर्न नहुने अडान राखिरहेको छ ।
यसअघि राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई सात बुँदे लिखित नोट बुझाउँदै स्थानीय तहको चुनावको वैशाखमै गराउन दबाब दिएकी थिइन्। उक्त नोटपछि राष्ट्रिपति भण्डारीको आलोचनासमेत भएको थियो ।
चौतर्फी दवावपछि प्रधानमन्त्री देउवा जेठमै स्थानीय तहको निर्वाचन गर्न तयार भएका छन् ।


खबर सबै
-
आइतबारसम्म भारी वर्षाको सम्भावना, अनावश्यक यात्रा नगर्न विभागको आग्रह
-
लुम्बिनी प्रदेशको कपिलवस्तु सहित पश्चिमका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
-
बाढीले डुबायो सुस्ता, ४०० सुस्तावासी होल्डिङ सेन्टरमा स्थानान्तरण
-
अझै २४ घण्टा भारी वर्षाको सम्भावना : मौसमविद्
-
स्वदेश फर्कंदै प्रधानमन्त्री बालेन
-
रुपन्देहीमा उत्पादित ‘साई कृपा गोल्ड चिया’ उपयोग गर्न अयोग्य, बजारबाट फिर्ता गर्न खाद्य विभागको निर्देशन
-
अझै २४ घण्टा भारी वर्षाको सम्भावना : मौसमविद्
-
स्वदेश फर्कंदै प्रधानमन्त्री बालेन
-
रुपन्देहीमा उत्पादित ‘साई कृपा गोल्ड चिया’ उपयोग गर्न अयोग्य, बजारबाट फिर्ता गर्न खाद्य विभागको निर्देशन
-
अविरल वर्षाले लुम्बिनी प्रदेशका नौ स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध, एक स्थानमा एकतर्फी यातायात सञ्चालन
-
टी-२० वरियतामा नेपालको दुई स्थान सुधार
-
बुटवलको तिनाउ नदि किनारका १५ जनालाई सुरक्षित स्थानमा सारियो







प्रतिक्रिया