कृष्णनगरका मयेर शाहले रोजे नेपाली कांग्रेस

ई–साझाकुरा,कपिलवस्तु ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगरप्रमख (मेयर) रजत प्रताप शाहले अन्ततः नेपाली कांग्रेस रोजेका छन् । उनी शनिबार कांग्रेसमा एक कार्यक्रमका बिच प्रवेश पनि गरेका छन् ।
नगरप्रमख शाह यस अघि भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उमेद्धारको रुपमा चुनावी मैदानमा गएका थिए भने उनले जित हात पार्दै कृष्णनगर नगरपालिकाको मेयर बनेका थिए ।
करिब आफ्नो पाँच वर्षे कार्यकालको अन्त्यमा उनले नेपाली कांग्रेसमा प्रवेश गरेका हुन । अब स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने सरकारको तयारीका बिचमा उनको कांग्रेस मोहलाई अर्थपूर्ण हिसाबले हेरिएको छ । आउँदो निर्वाचनमा समेत उमेद्धार बन्ने संकेतका साथ उनी कांग्रेसमा गएको जानकारहरु बताउँछन् ।
शनिबार एक कार्यक्रमका बीच नेपाली कांग्रेसमा प्रवेश गरेका मेयर शाहलाई नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अम्बर सिंह पुन, महामन्त्री सुरेन्द्रराज आचार्य, कपिलवस्तु क्षेत्र नंम्बर ३ का सासंद अभिषेक प्रताव शाहले संयुक्त रुपमा स्वागत गरेका छन् ।
शाह सहित उनको साथमा झण्डै एक हजार बढी कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेको कांग्रेश शिवराज नगर सभापति मधु पोख्रेलले जानकारी दिएका छन् । नगर प्रमुख शाहसहित ३ वडा अध्यक्ष समेत कांग्रेसमा प्रवेश गरेका छन ।
शाह २०७४ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उमेद्धारको रुपमा चुनावी मैदानमा गई कृष्णनगर नगरपालिकाको नगरप्रमुख पदमा विजयी भएका थिए ।

प्रतिक्रिया

खबर सबै