

विभिन्न देशको बहिष्कारका बीच चिनमा शीतकालीन ओलम्पिक्स सुरु

एजेन्सी शीतकालीन ओलम्पिक्स खेल चीनमा सुरु भएको छ । कोरोनाको नियन्त्रण, मानव अधिकार हननकाे आरोप र कुटनीतिक बहिष्कारका बीच बेइजिङमा ओलम्पिक्स सुरु भएको हो ।

बेइजिङ ग्रीष्मकालीन र शीतकालीन दुवै ओलम्पिक्स आयोजना गर्ने एक मात्र सहर बनेको छ । ओलम्पिक्समा खेल प्रतियोगिताहरू हुने खेलस्थलमा भएका धेरैजसो हिउँ मानवनिर्मित हुन् । चीनले शून्य कोभिडको अवस्था हासिल गर्नका लागि विभिन्न प्रयास गरिरहेकाले सर्वसाधारण दर्शकहरूलाई खेलको टिकट बेचेको छैन ।

सत्तारूढ कम्युनिस्ट पार्टीका सदस्य वा सरकारी स्वामित्व रहेका कम्पनीहरूका कर्मचारीमात्र खेल हेर्नका लागि आमन्त्रित छन् । उनीहरूले पनि परीक्षण र प्रतिबन्धका कडा नियमहरू पालना गर्नुपर्नेछ । खेलाडी र व्यवस्थापनको टोलीलाई पनि कडा नियम लागू गर्दै सीमित चौघेराभित्र राखिएको छ ।
चीनले मानव अधिकार उल्लङ्घन गरेको भन्दै अमेरिका, बेलायतसहित विभिन्न देशले ओलम्पिक्समा कुटनीतिक बहिस्कार गरेका छन् ।
अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आईओसी) ले यो प्रतियोगितामा ९१ देशले भाग लिने जनाएको छ । प्रतियोगितामा एक सय नौ इभेन्ट्समा दुई हजार आठ सय ७१ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
२४ औँ संस्करणको शीतकालीन ओलम्पिक्सको बेइजिङ राष्ट्रिय रङ्गशालमा चीनका राष्ट्रपति सी जिनपिङले उद्घाटन गर्नुभएकाे हाे । ओलम्पिक्सकाे समापन समारोह पनि यही रङ्गशालामा हुनेछ । शीतकालीन ओलम्पिक्स आउँदो फेब्रुअरी २० तारिखसम्म चल्नेछ ।


खबर सबै
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
ब्राइट लुम्बिनीको १३औँ स्थापना दिवस : ‘प्रथम ब्राइट डान्स आइडल’ बने विजय घर्ती
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार







प्रतिक्रिया