


एमसीसी संसदमा ल्याउनुपर्छ, सांसदहरुले स्वविवेकले निर्णय गर्न पाउनुपर्छ : उपमहासचिव ज्ञवाली



काठमाडौं
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे सांसदहरुलाई स्वविवेकको निर्णय गर्न दिनुपर्ने बताएका छन् ।
राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उपमहासचिव ज्ञवालीले सत्तारुढ गठबन्धनका नेताहरुले एमसीसीलाई भूराजनीतिक प्रतिस्पर्धाको विषय बनाएको बताए ।
उनले भने, ‘सत्तामा रहेका नेताहरु जानीजानी भूराजनीतिक द्वन्द्व निम्त्याउँदै हुनुहुन्छ । सुनिरहेका छौं भर्चुअल मिटिङहरु भइरहेका छन्, विदेशीको एडभाइस लिने खालका कुराहरु भइराखेका छन् ।’
एमसीसी विकास परियोजना भएको भन्दै पूर्वपरराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले यसलाई लिने कि नलिने भन्ने विषय संसद र राजनीतिक दलहरुको स्वेच्छिक रोजाइ भएको बताए ।
‘हाम्रो प्रष्ट मान्यता छ, यो विषय संसदमा आउनुपर्छ र सार्वभौमसत्ता सम्पन्न सांसदहरुले यस विषयमा आफ्नो स्वविवेकले निर्णय गर्न पाउनुपर्छ,’ उनले भने, ‘संसदमा आउन नदिने, बन्द कोठामा तथाकथित गठबन्धका कार्यदलको त्यो अध्याँरो घेराभित्र राखेर यसलाई गिजोल्न पाइदैन ।’


खबर सबै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ






प्रतिक्रिया