सांसद शाहद्धारा कृष्णनगर नगरपालिकाको नँया भवन समुद्घाटन

कृष्णनगर

कृष्णनगर नगरपालिकाको आफ्नै भवन निर्माण सम्पन्न भएपछि आज एक कार्याक्रम बिच भवन समुद्घाटन गरिएको छ ।

कपिलवस्तु प्रतिनिधि सभा ३ का सांसद अभिषेक प्रताप शाहले चार बर्ष पहिला कृष्णनगर नगरपालिकाको भवन शिलान्यास गर्नुभएको थियो ।आफैले शिलान्यास गरेको चार तल्ले नवनिर्मित प्रशासनिक भवनको समुद्घाटन गर्न पाउँदा नगरप्रमुख रजत प्रताप शाहलाई धन्यवाद दिदै प्रमुख अतिथिसमेत रहनुभएका सांसद शाहले रिबन काटेर भवन प्रवेश गर्नु भएको थियो ।

कार्यक्रममा सांसदले शाहले आफ्नो पार्टी नेपाली कांग्रेसको सरकारमा गएपछि २८ करोड रकम कृष्णनगर देखि हरिहरपुरसम्मको बाटो स्तरोन्तिका लागि विनियोजित गराएको जानकारी दिदै संसदीय क्षेत्र र कृष्णनगरका लागि विभिन्न बिकासका योजनाहरु स्वीकृत गराएको बताउनुभयो ।
त्यस्तै नगर प्रमुख शाहले चार पुस्तादेखि राजनिति गर्दै आएको शाह परिवारले सत्तामा रहे व नरहेपनि आफ्नो सामर्थ्य अनुरुप जनताको सेवाका लागि तत्पर भई कार्य गर्दै आएको बताउनुभयो ।
बि.सं २०७३ सालमा तत्कालीन कृष्णनगर लगायत वरपरका गाबिसहरु समावेश भई दोस्रो पटक नगरपालिका घोषित गरिएको थियो । स्थानीय तहको संरचनाका आधारमा ठुलो भवनको आवश्यकता ओैंल्याउदै नगरपालिकाले केसी कन्ट्रक्सन चन्द्रौटासँग सम्झौता गरेपछि निर्माण अघि बढेको थिए।
कृष्णनगर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकिय अधिकृत हाल शिवराज नगरपालिकामा कार्यरत गणेश प्रसाद अर्यालले स्थानीय तह निर्वाचन २०७४ पछि भवन निर्माण समझौतालाई निरन्तरता दिएकाले नगरपालिका आज आफ्नो भवन पाएकोमा नेतृत्व पंक्तिलाई बधाई दिनुभयो ।
रोजगार संयोजक इश्वरि पौडेलले संचालन गरेका समुद्घाटन कार्यक्रममा जसपा केन्द्रीय सदस्य रामबरन यादव, रामसेवक यादव,उधोग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष रामकुमार गुप्ता ,लायन्स क्लबका दिनेशचन्द्र गुप्ता, अजय उपाध्याय लगायत नगरपालिका कार्यपालिका सदस्य वडाध्यक्ष , कर्मचारी र सर्वसाधारणको उपस्थिति थियो ।

प्रतिक्रिया

खबर सबै