
लोकेसन अफ गर्दा पनि प्रयोगकर्तालाई ट्र्याक गरेको भन्दै गुगल विरूद्ध मुद्दा

काठमाडौं
लोकेसन अफ गर्दा पनि प्रयोगकर्तालाई ट्रयाक गरेको भन्दै गुगलमाथि मुद्दा दायर भएको छ । अमेरिकाका तीन राज्यका महान्यायधिवक्ता र डिस्ट्रिक्ट अफ काेलम्बियाले हालै गुगल विरुद्ध मुद्दा दायर गर्दै यस्तो आरोप लगाएका हुन् ।
गुगलले एन्ड्राेइड डिभाइसमा लोकेसन शेयर गर्ने/नगर्ने भन्ने कुरा प्रयोगकर्तामा निर्भर रहने बताउँदै आएको छ । तर लोकेसन शेयरिङ अफ गर्दा पनि गुगलले प्रयोगकर्तालाई ट्रयाक गर्ने र डेटा संकलन गरी कम्पनीले दुरूपयोग गर्ने गरेको आरोप लागको छ ।
कम्पनीले आफ्नो व्यापार बढाउन प्रयोगकर्ताको डेटा संकलन गर्ने गरेको र सोही डेटाका आधारमा प्रयोगकर्तालाई विज्ञापन देखाउने गरेको मुद्दामा उल्लेख छ ।
साथै यस्ता गतिविधिलाई लुकाउन गुगलले ठूलो रकम खर्चिरहेको आरोप पनि लागेको छ । यता गुगलले भने आफू प्रयोगकर्ताको गोपनीयता र सुरक्षाप्रति संवेदनशील भएको दाबी गर्दै आएको छ ।
- टेकपानाबाट साभार


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया