

तराईबाट चीन जोड्ने ढोका खुल्यो



काठमाण्डौँ / पत्रपत्रिका
कर्णाली कोरिडोर कालिकोटको खुलालुदेखि सुरु हुन्छ । उत्तरको छिमेकी चीनसँग जोड्ने यो सडकको १२२.७५ किलोमिटर खण्ड तयार भए पनि कर्णाली नदी माथिको नहुँदा यातायातका साधन न्यून गुड्थे ।
हेलिकोप्टर र फेरीबाट तारिएका केही सीमित साधनका कारण ढुवानी पनि महँगो थियो । पुल सञ्चालनमा आएसँगै प्रदेश राजधानी सुर्खेतबाट हिँडेको गाडी कालिकोट मात्रै होइन सुदूरपश्चिमको बाजुरा हुँदै हुम्लासम्म पुग्न थालेका छन् । यसबाट कर्णाली नदी पारिका बासिन्दालाई यात्रासँगै दैनिक उपभोग्य वस्तु खरिद बिक्रीमा सहज भएको छ ।
२०७१ चैत ९ गते काम सुरु गरेको नेपाली सेनाले कालिकोट खण्डको ४० किलोमिटर, सुदूरपश्चिम प्रदेशमा पर्ने बाजुरा खण्डको ४४ किलोमिटर र हुम्ला खण्डको ३८.७५ किलोमिटर सडक निर्माण सम्पन्न गरेर सडक विभागलाई हस्तान्तरण गरिसकेको छ । अब चीन पुग्न १२ किलोमिटर सल्लीसल्लाको भीर फोड्न बाँकी छ । आजको नागरिक दैनिकमा समाचार छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया