

ओमिक्रोन भेरियन्टको उपभेरियन्ट फेला

काठमाडौं भारतमा ओमिक्रोन भेरियन्टको उपभेरियन्ट फेला परको छ ।
यसलाई बीए–२ नाम दिइएको छ । देशभरका ५३० संक्रमितको नमुनामा जिन सिक्वीन्सिङ गर्दा मध्यप्रदेश राज्यमा १६ जनामा ओमीक्रोनको उप भेरियन्ट फेला परेको हो । मध्य प्रदेशको इन्दोर शहरका ६ जना बालकालिकासहित १६ जनामा उक्त भेरियन्ट पुष्टि भएको भारतीय मिडियाले जनाएका छन् ।
भारतमा मात्रै नभएर यो भेरियन्ट बेलायत, अस्ट्रेलिया र डेनमार्कमा पनि फेला परिसकेको छ । यो ओमीक्रोन जस्तै तीब्र गतिमा फैलने र यसको पहिचान गर्ने कठिन भएको विज्ञहरुले बताएका छन् ।
अहिलेका परीक्षण कीटबाट यो भेरियन्टलाई पत्ता लगाउन निकै कठिन रहेकाले यसलाई ‘स्टेल्थ’ अर्थात लुप्त भेरियन्ट पनि भनिएको छ ।
ओमीक्रोनको जस्तै लक्षण देखिने यसलाई पत्ता लगाउन कठिन भएकाले बीए–२ भेरियन्टलाई ओम्रीक्रोनका उप भेरियन्ट भनी नाम दिइएको हो । बेलायतमा यो भेरियन्ट डिसेम्बरको पहिलो सातामै फेला परेको ब्रिटिस स्वास्थ्य सुरक्षा एजेन्सीले जनाएको छ ।
यो अहिलेसम्म विश्वका ४० देशमा भेटिएको दावी गरिएको छ । यो भेरियन्टलाई अध्ययनको चरणमा रहेका श्रेणीमा राखिएको छ ।


खबर सबै
-
अमेरिका र इरानबीच एक-अर्कामाथि आक्रमण रोक्ने सहमति
-
आयरल्याण्डद्वारा भारतविरुद्धको टी- २० सिरिज ऐतिहासिक क्लीन स्वीप
-
लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा विहानै देखि वर्षा, धेरै स्थानमा मेघगर्जनसहित वर्षाको प्रक्षेपण
-
आज असार १५ः ‘मानो रोपेर मुरी फलाउने’ दिन, राष्ट्रिय धान दिवस मनाइँदै
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
आज असार १५ः ‘मानो रोपेर मुरी फलाउने’ दिन, राष्ट्रिय धान दिवस मनाइँदै
-
कपिलवस्तुमा दश मध्ये ८ स्थानीय तहले ल्याए बजेट, कसको कति ?
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना







प्रतिक्रिया